वन एक्स बेट र क्रिप्टो करेन्सी ट्रेडमा संलग्न पाँचजना यसरी परे प्रहरीको फन्दामा | ईमाउण्टेन समाचार

Our Network

असार १५ २०८१, शुक्रबार

वन एक्स बेट र क्रिप्टो करेन्सी ट्रेडमा संलग्न पाँचजना यसरी परे प्रहरीको फन्दामा

काठमाडौं । बेटीङ एप्लिकेसन वन एक्स बेटमार्फत सट्टाबाजी लगाउन रकम संकलन गर्ने गराउने र क्रोप्टो करेन्सी ट्रेडमा संलग्न रहेको अभियोगमा ५ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा कैलाली घर भई काठमाडौं चावहिल बस्ने २९ वर्षीय दिनेश खडका, काभ्रेपलाञ्चोक घर भई काठमाडौं चावहिल बस्ने २८ वर्षीया अनिता धिताल, भक्तपुर मध्यपुर ठिमी नगरपालिका ४ घर भएका २७ वर्षीय दिपेश श्रेष्ठ, कञ्चनपुर घर भई काठमाडौं पेप्सीकोला बस्ने २५ वर्षीय दिनेश चन्द र नुवाकोट घर भई काठमाडौं नागार्जुन नगरपालिका(२ बस्ने २४ वर्षीय आशिष लामिछाने रहेका छन् ।

विशेष सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उपत्यकाको मैजुवहाल, मध्यपुर ठिमी, सानो भर्‍याङ, वुद्दनगर लगायतका स्थानबाट उनीहरूलाई पक्राउ गरेको हो । साथै उनीहरूको साथबाट ४ थान ल्यापटप ४ थान, डायरी ६ थान, सिम कार्ड ३४ थान, मोबाइल ७ थान, नागरिकताको प्रतिलिपि ६ थान, विभिन्न बैंकका एटिम ५ थान, विभिन्न बैंकका चेकबुक १४ थान र राउटर ५ थान प्रहरीले बरामद गरेको छ । उनीहरूबाट हालसम्म ७४ करोड १३ लाख ५० हजार ७ सय १३ रुपैयाँ बराबरको कारोबार भएको अनुसन्धानबाट खुल्न आएको छ ।

उनीहरूलाई थप अनुसन्धान एवं कारवाहीका लागि जिल्ला प्रहरी परिसर भक्तपुर र जिल्ला प्रहरी परिसर टेकु काठमाडौं पठाइएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);