डिस्चार्ज हुँदै राष्ट्रपति पौडेल | ईमाउण्टेन समाचार

Our Network

असार १६ २०८१, शनिबार

डिस्चार्ज हुँदै राष्ट्रपति पौडेल

काठमाडौं, ३१ जेठ । राष्ट्रपति रामचन्द्र पौडेल आज अस्पतालबाट डिस्चार्ज हुँदैछन् । पौडेल मुटुमा समस्या देखिएपछि मंगलबार शहिद गंगालाल हृदयरोग केन्द्र भर्ना भएका थिए ।  अहिले उनको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।
हृदयघात भएपछि उनको आकस्मिक उपचार गरिएको हो । ७९ वर्षीया पौडेललाई एनजिओग्राफी गरिएको हो ।

विश्वस्त स्रोतले बताए अनुसार हृदयघात देखिएपछि एनजिओग्राफी गरी मुटुको भल्व खोलिएको हो । २४ घन्टा निगरानीमा रहनुपर्ने भएकाले उनलाई मंगलबार अस्पतालमै राखिएको हो ।

उनी चैत्रमा राष्ट्रपति निर्वाचित भएका हुन् । राष्ट्रपति पौडेललाई वैशाखको सुरुमामा भारतमा उपचारका लागि लगिएको थियो । उनको पेटमा समस्या देखिएको थियो । भारतबाट फर्किएपछि उनलाई फेरि अर्को ठूलो समस्या देखिएको हो ।

उनले लामो समय नेपाली काँग्रेसबाट राजनीति गरे । file photo

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);