राष्ट्रपति पौडेलको मुटुको भल्व खोलियो | ईमाउण्टेन समाचार

Our Network

मंसिर १६ २०८१, आइतबार

राष्ट्रपति पौडेलको मुटुको भल्व खोलियो

काठमाडौं, ३१ जेठ । राष्ट्रपति रामचन्द्र पौडेल हृदयघात भएपछि आकस्मिक उपचार गरिएको छ । ७९ वर्षीया पौडेललाई गंगालाल हृदयरोग केन्द्र लगी मंगलवार विहान एनजिओग्राफी गरिएको हो ।

विश्वस्त स्रोतले बताए अनुसार हृदयघात देखिएपछि एनजिओग्राफी गरी मुटुको भल्व खोलिएको हो । २४ घन्टा निगरानीमा रहनुपर्ने भएकाले उनलाई मंगलबार अस्पतालमै राखिएको हो ।

पौडेलको अवस्था सामान्य रहेको जनाइएको छ । उनी चैत्रमा राष्ट्रपति निर्वाचित भएका हुन् । राष्ट्रपति पौडेललाई वैशाखको सुरुमामा भारतमा उपचारका लागि लगिएको थियो । उनको पेटमा समस्या देखिएको थियो । भारतबाट फर्किएपछि उनलाई फेरि अर्को ठूलो समस्या देखिएको हो ।

उनले लामो समय नेपाली काँग्रेसबाट राजनीति गरे ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);