महिलाको विभत्स हत्या गरी फरार व्यक्ति पक्राउ | ईमाउण्टेन समाचार

Our Network

असार १८ २०८१, सोमबार

महिलाको विभत्स हत्या गरी फरार व्यक्ति पक्राउ

काठमाडौं । महिलाको विभत्स हत्या गरी पोखरीको छेउमा गाडेर फरार रहेका व्यक्तिलाई जिल्ला प्रहरी कार्यालय धनुषाले पक्राउ गरी सार्वजनिक गरेको छ ।

मंगलवार जिल्ला प्रहरी कार्यालय धनुषाले जेठ २८ गते अन्दाजी ५ बजेको समयमा धनुषाको मिथिलाबिहारी नगरपालिका वडा नम्बर ८ तारापट्टीस्थित पोखरीको छेउमा वर्ष अन्दाजी ४२ की उषा दासको हत्या गरी गाडेको अवस्थामा शव भेटिएको थियो ।

शव सड्न लागेको अवस्थामा फेला परेपछि हत्या गर्ने व्यक्तिको खोज तलास शुरु गरिएको थियो । अनुसन्धानमा जिल्ला बारा कलैया नगरपालिका १८ घर भइ जनकपुरस्थित घर बनाउने काम गर्दै आएका गोकुल महतो धानुकको छोरा वर्ष अन्दाजी २२ का ओमलाल मण्डलको संलग्नता रहेको खुलेको थियो । प्रहरीले थप अनुसन्धानका क्रममा चितवनको हाकिम चोकबाट उनलाई पक्राउ गरेको थियो ।

तत्पश्चात अनुसन्धानका क्रममा ओमलाल मण्डल र उषा दासबीच अनैतिक सम्बन्ध रहेको, ओमलाललाई निज मृतकले विवाह गर्न भनेपनि अस्वीकार गरेपछि ओमलाललाई निज मृतक महिलाले नै घरमा जबरजस्ती ल्याउने गरेको खुलेको प्रहरीले बताएको छ । जिल्ला प्रहरी कार्यालय, धनुषाका प्रहरी उपरीक्षक विश्वराज खड्काले अनुसन्धनका क्रममा जेठ २५ गते राति अन्दाजी ७ बजे दुईबीच विवाहकै विषयमा विवाद हुँदा ओमलालले एक थप्पड हानेको र थप्पड हान्नासाथ मृतक बाहिर निस्की भाग्न लाग्दा घाँटीमा समाती घाँटी थिचेर हत्या गरेको र पोखरीको छेउमा लगी गाडेको पत्ता लागेको बताउनु भयो । प्रहरीका अनुसार मृतकको शवलाई चाँडो सढाउन निजको कपडा खोलि गाडेको र मृतकको मोबाइल पनि पोखरीमा नै फालेको मृतकबाट खुल्न आएको छ ।

निज मृतकको कपडा र शव गाड्न खाल्डो खन्न प्रयोग भएको बेल्चा बरामद गरिएको र मोबाइल बरामद हुन बाँकी रहेको प्रहरीले जनाएको छ । शवलाई पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुर पठाइ अनुसन्धान जारी रहेको बताइएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);