मन्त्री र राज्यमन्त्री अहिले पनि सरकारमै | ईमाउण्टेन समाचार

Our Network

फागुन ४ २०८२, मंगलबार

मन्त्री र राज्यमन्त्री अहिले पनि सरकारमै

maobadi-kendra

काठमाडौं, २५ पुष । तीन महिनादेखि जिम्मेवारी मुक्त भएर बिनाविभागीय बनेका माओवादीका १६ जना मन्त्री र राज्यमन्त्री अहिले पनि सरकारमै छन् । दुई महिनादेखि विनाविभागीय मन्त्री र राज्यमन्त्रीका रुपमा बहाल उनीहरूको काम तलब–भत्ता बुझ्नेबाहेक केही छैन ।

विपक्षी एमालेसँग गठबन्धन बनाएर निर्वाचनमा भाग लिइ एमालेसँग पार्टी एकताको प्रक्रियामा रहेको माओवादी केन्द्रले तलब भत्ता बुझ्नका लागि मात्र आफ्ना मन्त्रीलाई सिंहदरबार पठाउनुले माओवादी कतिधेरै सत्तालोलुप छ भन्ने छर्लङ्ग भएको छ ।