कुनै युवतीलाई फोन गर्दै हुनुहुन्छ भने होसियार ! | ईमाउण्टेन समाचार

Our Network

फागुन ५ २०८१, सोमबार

कुनै युवतीलाई फोन गर्दै हुनुहुन्छ भने होसियार !

khukuri-prahar

काठमाडौं, २६ जेठ । प्रेमिकालाई कसैले फोन गरेपछि ललितपुरमा एक समुहले ३ जनालाई खुकुरी प्रहार गरेका छन् । यस घटनामा सम्लग्न ९ जनालाई प्रहरीले पक्राउ गरिसकेको छ ।

खुकुरी प्रहारबाट घाइते भएका युवकहरुको शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । उनीहरु अहिले खतरामुक्त छन् । प्रहरीको अनुसार घटना सोमबार राती १० बजेको हो । महाँकाल गाउँपालिका ३ जप्कामा बस्ने ३ जना कामदारमाथि एक्कासी युवकहरुको एउटा समुहले खुकुरी प्रहार गरेको थियो ।

पीडित युवकहरु सडक निर्माणको कामदार हुन् । उनीहरु गोटीखेलमा पाल टाँङेरर सुतिरहेका थिए । बर्दियाका सुनिल थारु, सुजेन लामा र रमेश लामा घाइते भएका छन् । सुमन घले, अनिश बजगाई, नविन वाइबा, विनोद न्यासुर, सौरभ विक, विजय वाइबा, प्रकाश घलान, आशिष बजगाई र छिरिङ स्याङतानलगायतलाई खुकुरी प्रहार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीको अनुसार राती १० बजेतीर कामदार युवकले एक युवतिको मोबाइलमा रिङ बजाउँछन्, त्यो फोन उनका प्रेमीले उठाउछन् । र युवतीलाई दिनु भनेपछि आक्रोसित युवाहरुको समुह गोटीखेल पुगेर खुकुरी प्रहार गरेका हुन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);