शेयर बजारमा सिमित व्यक्तिहरुले मात्रै फाइदा उठाउने कुरा स्वीकार्य छैनः मन्त्री महत | ईमाउण्टेन समाचार

Our Network

मंसिर १० २०८१, सोमबार

शेयर बजारमा सिमित व्यक्तिहरुले मात्रै फाइदा उठाउने कुरा स्वीकार्य छैनः मन्त्री महत

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले ५६ लाख शेयर लगानी कर्ताको नाम लिइ सिमित व्यक्तिहरुले मात्रै फाइदा उठाउने कुरा सह्य नहुने बताउनुभएको छ ।

नेपाल धितोपत्र बोर्डको ३१ औं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले शेयर मार्केट सिमित व्यक्तिको फाइदा पुग्ने माध्यमको रुपमा मात्रै सिमित बन्नु नहुने बताउनु भयो ।

उहाँले लगानीकर्ताहरु बैंकमा राख्दा बढी हुन्छ की शेयर बजारमा लगानी गर्दा बढी कमाइन्छ भन्ने हिसावले लगानी गर्ने गरेको भन्दै सिमित व्यक्तिलाई फाइदा हुनेगरी शेयर लगानी हुन नदिन बोर्डलाई आग्रह गर्नुभयो । उहाँले शेयर बजारलाई अटोमेटेड सिस्टममा र पेपरलेस बनाएर हरेक क्रियाकलाप लैजाने गरी अघि बढ्न जरुरी रहेको पनि बताउनु भयो । उहाँले शेयरमार्केटलाई अझ स्वस्थ र बिस्तारित गरेर लैजानुपर्ने आवश्यकता रहेको बताउनु भयो । उहाँले शेयर मार्केट कमजोर गर्ने र विश्वास कम गर्नेकुरा सरकारबाट नहुने पनि स्पष्ट पार्नुभयो ।

शेयर बजारमा जलविद्युत कम्पनी बढी भएको र उद्योगी व्यवसायी यो क्षेत्रमा आउने क्रम बढेको दाबी गर्नुभयो । उहाँले यस क्षेत्रमा आउने उद्योगी व्यवसायी बढ्दा पारदर्शिता बढ्न अपेक्षा रहेको समेत बताउँदै बजारलाई स्वस्थ बनाउन अनुगमन पारदर्शी बनाउन आग्रह गर्नुभयो ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);