एमाले सांसदहरुले अराजकता देखाए, सबै खाले अराजकताहरुको जवाफ दिन्छौँः सांसद दाहाल | ईमाउण्टेन समाचार

Our Network

मंसिर ११ २०८१, मंगलबार

एमाले सांसदहरुले अराजकता देखाए, सबै खाले अराजकताहरुको जवाफ दिन्छौँः सांसद दाहाल

काठमाडौं । नेकपा(माओवादी केन्द्र)का सांसद लेखनाथ दाहालले प्रमुख प्रतिपक्ष दलका सांसदहरुले संसदमा अराजकता देखाएको भन्दै त्यसको जवाफ फर्काउने बताउनुभएको छ ।

सोमवार प्रतिनिधि सभा बैठकपछि न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै सांसद दाहालले एमाले सांसदहरुको संसदमा प्रश्तुती असाध्यै अराजक र अशिष्ट भएको बताउनु भयो । एमाले सांसदहरुले प्रधानमन्त्रीको हुर्मत लिएको उहाँले बताउनु भयो । उहाँले सबै खालका अराजकताहरुको संविधान, प्रतिनिधि सभा नियमावली र अनुशासनभित्र रहेर जवाफ दिने बताउनु भयो । उहाँले प्रतिपक्ष दलका सांसदहरुले अराजकता र असंसदीय चरित्रको पराकाष्ठ नै देखाएको बताउनु भयो ।

सांसद दाहालले आजको संसद बैठकमा सभामुखको पनि तटस्थ भुमिका नभएको बताउनु भयो । उहाँले सभामुखले अमुक पार्टीको कारिन्दा जस्तो भएर सांसदहरुलाई अराजक, असभ्य र अशिष्ट ढंगले पेस हुन मलजल गरेको पनि उल्लेख गर्नुभयो ।

उहाँले सभामुखलाई तटस्थ भुमिका अपनाउन आग्रह समेत गर्नुभयो ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);