प्रधानमन्त्री स्वदेश फर्किए | ईमाउण्टेन समाचार

Our Network

असार २० २०८१, बुधवार

प्रधानमन्त्री स्वदेश फर्किए

काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा चारदिने औपचारिक भ्रमण पूरा गरी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ शनिबार स्वदेश फर्कनुभएको छ ।

प्रधानमन्त्री प्रचण्ड नेपाली उच्चस्तरीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै यही जेठ १७ गते नयाँ नयाँदिल्ली प्रस्थान गर्नुभएको थियो । पदभार ग्रहण गरेपछिको उहाँको यो पहिलो विदेश भ्रमण हो । प्रधानमन्त्रीसँगै भ्रमण टोलीमा परराष्ट्रमन्त्री नारायण प्रकाश साउद, अर्थमन्त्री डा प्रकाश शरण महत, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत, भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजाल हुनुहुन्थ्यो । भ्रमणका क्रममा परम्परागत न्यानोपन तथा सौहाद्र्रताका साथ दुवै प्रधानमन्त्रीले द्विपक्षीय विषयमा व्यापक छलफल गर्नुभएको थियो ।

वार्ताका क्रममा राजनीतिक, आर्थिक, व्यापार, ऊर्जा, सुरक्षा तथा विकास सहकार्यलगायतका विषयवस्तुलाई समेट्दै दुवै प्रधानमन्त्रीले भारत र नेपालबीचको द्विपक्षीय एजेन्डाका सम्पूर्ण पक्षको समीक्षा गर्नुभएको थियो । प्रधानमन्त्री प्रचण्डले भारतका राष्ट्रपति द्रौपदी मुर्मू तथा उपराष्ट्रपति जगदीप धनकडसँग शिष्टाचार भेटवार्ता गर्नुभएको थियो । त्यस्तै, राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालले प्रधानमन्त्री प्रचण्डसँग दिल्लीमा शिष्टाचार भेटवार्ता गर्नुभएको थियो । हैदरावाद हाउसमा आयोजित संयुक्त पत्रकार सम्मेलनमा सात महत्वपूर्ण सम्झौता सार्वजनिक गरिएको थियो ।

जसमा जलविद्युत् परियोजनाको विकास, विद्युत् प्रसारण, पूर्वाधार तथा ऊर्जा व्यापार समावेश छन् । तीन महिनाभित्र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदन डिपिआरलाई छिट्टै अन्तिम रुप दिने यसैगरी, भारत सरकारको अनुदान सहयोगमा भारत र नेपालबीच निर्माणाधीन एकीकृत जाँच चौकीमार्फत कनेक्टिभिटीलाई थप गति प्रदान गर्ने, विद्युत प्रसारण लाइन, पेट्रोलिम पदार्थको पाइप लाइन निर्माण, लगायतका सम्झौता प्रधानमन्त्री प्रचण्डको भ्रमणको दौरानमा भएका छन् । प्रधानमन्त्री प्रचण्डले भ्रमण नेपालको हित र आपसी सम्बन्धमा महत्वपूर्ण रहेको दाबी गर्नुभएको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);