प्रधानमन्त्रीमाथि गोकुलको टिप्पणी– वाह क्या चेन्ज आएछ | ईमाउण्टेन समाचार

Our Network

असार २१ २०८१, बिहीबार

प्रधानमन्त्रीमाथि गोकुलको टिप्पणी– वाह क्या चेन्ज आएछ

काठमाडौं । नेकपा एमालेका नेता गोकुल बास्कोटाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ माथि व्याङ्ग्य गरेका छन् ।

भारत भ्रमणका क्रममा रहेका प्रधानमन्त्री दाहालले आज मध्य प्रदेशको उज्जैनस्थित महाकालेश्वर मन्दिरमा पुजा गर्दा पहेँलो बस्त्र लगाउनु भएको थियो । यसबारे सामाजिक सञ्जालमा चर्चा भइरहेको छ । बास्कोटाले सोहि विषय माथि कटाक्ष गर्दै लेखेका छन्– वाह क्या चेन्ज आएछ।हिजो हिजो रातै रातो,आज गेंरूरंग।सिद्धान्तको रंग खैरो जीवनको रंग हरियो भन्थे मदनले।प्रभुको ईच्छा वा पुर्वीय जीवनदर्शन र सांस्कृतिक मान्यताको बोध ? समयले थप बताउला।’

प्रधानमन्त्री दाहालले सो मन्दिरमा १ सय ८ किलोग्राम रुद्राक्ष चढाएका पुजा गरेका हुन् । पुजा गर्दा प्रधानमन्त्री दाहाल पहिले बस्त्र लगाएर पुजारीको भेशमा देखिएका थिए । कम्युनिष्ट नेता प्रचण्ड पछिल्लो समय बस्त्रको सवालमा उदार देखिन थालेका छन् । उनले यसपालि प्रधानमन्त्री हुँदा दौरा सुरुवाल लगाएका शपथ ग्रहण गरेका थिए ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);