मार्शल रोका बलात्कारको आरोपमा पक्राउ | ईमाउण्टेन समाचार

Our Network

फागुन ४ २०८१, आइतबार

मार्शल रोका बलात्कारको आरोपमा पक्राउ

काठमाडौं, १९ जेठ । एक समय आफुलाई युवा वैज्ञानिकका रुपमा चिनाएका मार्शल रोका पक्राउ परेका छन् । दाङका मार्शललाई बलात्कार आरोपमा प्रहरीले गत जेठ १६ गते पक्राउ गरकोे हो ।

आफूलाई बिहे गर्छु भनी बलात्कार गरेको भन्दै एक महिलाले दिएको किटानी जाहेरीपछि जिल्ला प्रहरी कार्यालय दाङले उनलाई अनुसन्धानका लागि जेठ १६ गते नियन्त्रणमा लिएको हो ।  उनी घोराही उपमहानगरपालिका–१६ कपासी बस्दै आएका थिए ।

मर्शलमाथि थप अनुसन्धान गर्न प्रहरीलाई सात दिन हिरासतमा राख्ने अदालतले अनुमति दिएको छ । मार्शलले बिहे गर्छु भनेर घरमा लगेर एक रात ती महिलालाई राखेको उजुरीमा उल्लेख छ ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);