प्रचण्ड–मोदीबीच वार्ता सम्पन्न, नेपालबाट १० बर्षमा १० हजार मेगावाट विद्युत किन्ने मोदीको घोषणा | ईमाउण्टेन समाचार

Our Network

असार २३ २०८१, शनिबार

प्रचण्ड–मोदीबीच वार्ता सम्पन्न, नेपालबाट १० बर्षमा १० हजार मेगावाट विद्युत किन्ने मोदीको घोषणा

काठमाडौं, १८ जेठ । नेपाल–भारतका प्रधानमन्त्रीबीच प्रतिनिधिमण्डलस्तरीय वार्ता भएको छ । प्रधानमन्त्री प्रचण्डको चारदिने भारत भ्रमणका क्रममा भारतको नयाँदिल्लीस्थित हैदराबाद हाउसमा भारतीय समकक्षी नरेन्द्र मोदीबीच प्रतिनिधिमण्डलस्तरीय वार्ता भएको छ । वार्ताका क्रममा नेपाल र भारतबीच सात सम्झौतामा हस्ताक्षर भएको छ ।

विद्युत खरिद सम्झौता, तल्लो अरुण, फुकोट कर्णाली, पेट्रोलियम पाइपलाइन, क्रस बोर्डर, इ पेमेन्ट लगायतका समझदारीमा हस्ताक्षर भएको छ । प्रधानमन्त्री प्रचण्ड र समकक्षी नरेन्द्र मोदीले संयुक्त पत्रकार सम्मेलनमार्फत् समझदारी भएका विषयमा जानकारी दिनुभएको छ । नेपालगञ्ज सुख्खा बन्दरगाहको उद्घाटन गरिएको छ । बाँकेमा भारत सरकारको सहयोगमा निर्माण गरिएको व्यापार पूर्वाधारको प्रधानमन्त्री प्रचण्ड र भारतीय समकक्षी मोदीले संयुक्त रुपमा उद्घाटन गर्नुभयो ।

दुई देशका प्रधानमन्त्रीले दिल्लीबाट उद्घाटनको घोषणा गरेपछि भारततर्फबाट नेपाल आएका कन्टेनर नेपाली सुख्खा बन्दरगाहा प्रवेश गरेका थिए । दुबै देशका प्रधानमन्त्रीले भारतको बथनाहबाट मोरङको विराटनगर भन्सार परिसरसम्मको कार्गो रेलसेवाको उद्घाटन गर्नुभयो । उदघाटनपछि भारतको बथनाहबाट कार्गो रेल नेपालका लागि छुटेको हो । संयुक्त पत्रकार सम्मेलनलाई संबोधन गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुई मुलुकबीच दीर्घकालीन पावर ट्रेड एग्रिमेन्ट भएको बताउनुभयो ।

उहाँले प्रधानमन्त्री प्रचण्ड र आफूले दुई देशको सम्बन्धलाई अगाडि बढाउन महत्वपूर्ण निर्णय लिएको भन्दै भविश्यमा यो समझदारीमार्फत दुई मुलुकको सम्बन्धलाई सुपर हिट बनाउने विश्वास लिएको उल्लेख गर्नुभयो । भारत र नेपालको बीचमा दीर्घकालिन उर्जा सम्झौता भएको भन्दै प्रधानमन्त्री मोदीले १० वर्षमा नेपालमाट १० हजार मेगावाट विजुली आयात गर्ने लक्ष्य राखेको जानकारी दिनुभयो । उहाँले नेपालसँग रहेको सीमा लगायतका सबै समस्याको समाधान गर्ने प्रतिबद्धता जनाउनुभयो । प्रधानमन्त्री प्रचण्डले सम्झौताले आगामी दिनमा दुई मुलुकको अर्थतन्त्रलाई सुदृढ गर्न महत्वपूर्ण भूमिका खेल्ने प्रष्ट पार्नुभयो ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);