प्रेस काउन्सिलका अध्यक्ष बस्नेतको फेसबुक ह्याक भएकै हो त ! | ईमाउण्टेन समाचार

Our Network

असोज ११ २०८१, शुक्रबार

प्रेस काउन्सिलका अध्यक्ष बस्नेतको फेसबुक ह्याक भएकै हो त !

काठमाडौं, १७ जेठ । प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले आफ्नो फेसबुक ह्याक भएको स्पष्ट पारेका छन् । लामो पहलपछि सामाजिक सञ्जाल आफ्नो फेसबुक ह्याकरबाट मुक्त बनाउन सफल भएको सामाजिक सञ्जालमार्फत उनले बताएका हुन् ।

बस्नेतले मध्यरातमा आफुलाई म्यासेन्ज र म्यासेन्जरमा कल गरेको एक युवतीले आरोप लगाएकी छिन् । ती युवतीले फेसबुकमा स्ट्याटस नै लेखेर उनले बस्नेतको फेसबुक आइडीबाट मध्यरातमा कल आएको र ३ मिनेटसम्म अडियोमा कुरा गरेको समेत उल्लेख गरेकी छिन् । आफुँसँग अडियोमा कुरा गर्ने व्यक्ति बस्नेत नै भएको उनको दाबी छ ।

तर, बस्नेतले भने आफ्नो फेसबुक दुरुपयोग भएको बताएका छन् । त्यस्तो हर्कत गर्नेलाई कारवाहीका लागि खोजी कार्य गरेको समेत दाबी गरेका छन् । बस्नेतकै फेसबुक आइडीबाट अर्का एक पुरुषलाई समेत रकम मागिएको पनि खबर बाहिर आएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);