दरबार हत्याकाण्ड र गौर हत्याकाण्डाको अनुसन्धान गर्ने प्रधानमन्त्रीको प्रतिवद्धता | ईमाउण्टेन समाचार

Our Network

पुष ८ २०८१, सोमबार

दरबार हत्याकाण्ड र गौर हत्याकाण्डाको अनुसन्धान गर्ने प्रधानमन्त्रीको प्रतिवद्धता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले दरबार हत्याकाण्डको अनुसन्धान गरी निस्कर्षमा पु¥याउने बताउनुभएको छ ।

मंगलवार नेकपा (माओवादी केन्द्र) को पार्टी कार्यालय पेरिस डाँडामा भएको माओवादी सल्लाहकार समिति र ज्येष्ठ कम्युनिष्ट मञ्चको संयुक्त बैठकलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले ठूला हत्याकाण्डका नामले परिचित दरबार हत्याकाण्ड, गौर हत्याकाण्ड लगायतका हत्याकाण्डहरुको अुनसन्धान गरी निचोडमा पुग्ने बताउनु भयो । उहाँले २०४६ सालको जनआन्दोलन पछिका सबै उच्च पदस्थ अधिकारीका सम्पती विवरणहको बारेमा खोजिनीति गर्ने पनि प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले भ्रष्टाचारका काण्ड र ठूला हत्याकाण्डका बारेमा अनुसन्धान गरी निस्कर्षमा पु¥याउनुपर्ने र नागरिकलाई यसबारेका शंकाहरुको छिनोफानो गर्नुपर्ने आवश्यकता रहेको बताउनु भयो ।

प्रधानमन्त्री दाहालले आफ्नो बुधवारबाट हुने भारत भ्रमणका क्रममा विद्युतको बजार क्षमताको ग्यारेन्टी हुनेगरी छलफल गर्ने प्रतिवद्धता जनाउनु भयो । उहाँले भारत भ्रमणमा सीमानाका विवादको समाधान गर्ने उपाय खोज्ने र विश्वासको वातावरण बनाउन पहल गर्ने बताउनु भयो । उहाँले आफू अहिले युवा अवस्थाको भन्दा बढी खटिरहेको बताउनु भयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);