काठमाडौं । सरकारले नयाँ कम्पनी दर्ता गर्दा र कम्पनीको पुँजी वृद्धी गर्दा कुनै पनि प्रकारका शुल्क नलाग्ने घोषणा गरेको छ ।
संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आव. २०८०/०८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले यस्तो घोषणा गर्नुभएको हो ।
सरकारले चालु आर्थिक वर्षको सरकारी खर्च १५ खर्ब ४ अर्ब ९९ करोड रुपैयाँ हुने अनुमान सार्वजनिक गरेको छ ।