भुटानी शरणार्थी प्रकरणलाई डाइभर्ट गर्न एमालेले नयाँ इस्यु ल्याएको खतिवडाको आशंका (भिडियोसहित) | ईमाउण्टेन समाचार

Our Network

असार २५ २०८१, सोमबार

भुटानी शरणार्थी प्रकरणलाई डाइभर्ट गर्न एमालेले नयाँ इस्यु ल्याएको खतिवडाको आशंका (भिडियोसहित)

काठमाडौं । नेपाली काँग्रेसका सांसद रामहरी खतिवडाले सभामुखको नियतमाथि नै प्रश्न उठाउनु भएको छ ।

शुक्रवार नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उहाँले संसद नचलाउने नियत देखिएको बताउनु भएको हो ।

सभामुखले प्रतिनिधि सभा बैठकमा मन्त्रीलाई जवाफ दिन रुलिङ गरेको भए संसद बैठक चल्ने धारणा राख्नुभयो । उहाँले भन्नुभयो – ‘सभामुखले शुरुमै रुलिङ गरिदिएर कुनै मन्त्रीलाई यो भएको के हो यस्तो कुराहरु आयो यसको जवाफ दिन म अनुरोध गर्छु भनेको भए सदन शुरुमै चल्थ्यो । सदन नचलाउने नियत देखियो कसको हो थाहा छैन ? किन नियत देखियो थाहा छैन ।’

उहाँले भूटानी शरणार्थी मुद्दालाई विषयान्तर गर्न अन्य विषयलाई संसदमा ल्याउनु जरुरी नभएको बताउनु भयो । ‘भुटानी शरणार्थी मुद्दालाई डाइभर्ट गर्न फेरि अन्य इस्युहरुलाई ल्याउनुपर्ने जरुरी छैन,’ उहाँले भन्नुभयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);