काँग्रेस सांसद मीनकृष्ण महर्जन र बोत्सवानाका महावाणिज्यदूत भरत महर्जनविरुद्ध अख्तियारमा उजूरी | ईमाउण्टेन समाचार

Our Network

असोज २० २०८१, आइतबार

काँग्रेस सांसद मीनकृष्ण महर्जन र बोत्सवानाका महावाणिज्यदूत भरत महर्जनविरुद्ध अख्तियारमा उजूरी

काठमाडौं, ९ जेठ । के अख्तियारमा प्रमुख आयुक्त या आयुक्तमा नियुक्त हुन पैसा बुझाउनुपर्छ ? तर, केही व्यक्तिहरुले प्रेम राईलाई नियुक्त गर्न पैसा आफूहरुले लगानी गरेको भन्ने गरेको खुलेको छ ।

ती व्यक्तिहरु ललितपुरको सुमेरु सहकारीका सञ्चालकहरु हुन् । उनीहरु हुन् हेमराज दाहाल र बिरु महर्जन । दाहाल र महर्जनले प्रेम राईलाई अख्तियारमा नियुक्त गर्दा पैसा दिएको र सुमेरु अस्पतालमा सित्तैमा उपचार गराउने गरेको भन्ने गरेका छन् ।

सुमेरुका सञ्चालक भरत महर्जन हुन् । उनी हाल बेलायतमा छन् । उनीविरुद्ध पनि अख्तियारमा उजूरी परेको छ ।

नेपाली काँग्रेसका सांसद मीनकृष्ण महर्जनविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजूरी परेको छ । ललितपुरको सुमेरु सहकारीसँग जोडेर उनीविरुद्ध उजूरी परेको हो ।

मीनकृष्ण महर्जनले गुण्डागर्दी गरी सुमेरुका बचतकर्तालाई धम्क्याउन थालेको र जर्बजस्ती जग्गा लिन वाध्य पारिरहेको उजूरीमा उल्लेख छ । महर्जनले नै विगतमा पनि भरत महर्जन र उनका समूहलाई आपराधिक कार्यमा संलग्न हुँदा मोटो रकम लिएर संरक्षण गरेको उजूरीमा भनिएको छ ।

अख्तियारमा सुमेरुका सञ्चालक भरत महर्जनविरुद्ध पनि उजूरी परेको छ । २ जेठमा दर्ता भएको उजूरीमा भरत महर्जनले अरबौं डुबाएर बेलायत भागेको आरोप छ । उनले सेमरुको रकम मनोमानी ढंगले चलाएको, धीतो विना नै ऋण स्वीकृत गराएको, सफ्टवेयर नै बिगारी मनोमानी गरेको उल्लेख छ ।

सुमेरुसँग जोडिएका बिरु महर्जनले ललितपुरमा दाखा बाँकी जग्गाहरुमा नक्कली जग्गाधनी खडा गरी किर्ते काम गरेको आरोप पनि छ ।

प्रेम राईलाई अख्तियारमा नियुक्त गर्दा रकम समेत दिएको हेमराज दाहाल र बिरु महर्जनले भन्ने गरेको समेत उजूरीमा भनिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);