शुन्य समयलाई 'मन्त्रीले सुन्ने' समय भन्ने राखियोस् : रामहरि खतिवडा | ईमाउण्टेन समाचार

Our Network

माघ ६ २०८१, आइतबार

शुन्य समयलाई ‘मन्त्रीले सुन्ने’ समय भन्ने राखियोस् : रामहरि खतिवडा

काठमाडौं, ९ जेठ । प्रतिनिधि सभा सदस्य रामहरी खतिवडाले शुन्य समयको नाम परिवर्तन गरी मन्त्रीले सुन्ने समय राख्न माग गर्नुभएको छ । प्रतिनिधि सभाको मंगलबारको बैठकमा शुन्य समयमा बोल्दै प्रतिनिधि सभा सदस्य खतिवडाले यस्तो बताउनु भएको हो ।

त्यस्तै संसदीय सुनुवाइ समिति बनाएर प्रधानन्यायाधीश नियुक्तीको प्रक्रिया प्रारम्भ गर्न उहाँले माग गर्नुभयो । उहाँले भन्नुभयो – ‘शुन्य समयलाई जिरो समयका रुपमा होइन, यसको नामाकरण परिवर्तन गरियोस् र मन्त्रीले सुन्ने समय भन्ने राखियोस् । नत्र यो जिरो नै हुने भयो । यसमा सबैको ध्यान जाओस् । संसदीय सुनुवाइ समिति नहुँदा प्रधानन्यायाधीश लगायत न्यायाधीशको नियुक्ती नहुँदा देशमा १ लाख ६८ हजार मुद्दाहरु सुनुवाइ नभएर थाँति छन् । छिटोभन्दा छिटो प्रधानन्यायाधीश नियुक्तीको प्रारम्भ गरियोस् ।’

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);