काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा नाम मुछिएपछि सम्पर्कबिहिन रहेको भनिएकी मञ्जु खाँण संसदमै देखिएकी छन् ।
शुक्रवार सरकारका नीति तथा कार्यक्रम प्रश्तुत गर्ने कार्यक्रममा मञ्जु संसदमा देखिएकी हुन् । पूर्व गृहमन्त्री समेत रहेका उनका पति बालकुष्ण खाँण पक्राउ परेपछि उनी सार्वजनिक रुपमा देखिएकी थिइनन् । उनले देश छोडेको चर्चा चलिरहँदा आज संसदमै टुप्लुक्क देखिएकी हुन् ।