काठमाडौं । सरकारले आर्थिक सूचकहरु सकारात्मक बन्दै गएको बताएको छ । सङ्घीय संसद्मा सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ नीति तथा कार्यक्रम पेश गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो दाबी गर्नुभएको हो ।
‘सबै क्षेत्रमा सकारात्मक नतिजा देखिन थालेको छ । आर्थिक परिसूचक सकारात्मक भएको छ। अर्थतन्त्र लयमा फर्केको छ,’ नीति तथा कार्यक्रममा भनिएको छ ।
त्यस्तै विप्रेषण पनि बढेको भन्दै नीति तथा कार्यक्रमले अर्थतन्त्रमा टेवा पुर्याउने उल्लेख गरिएको छ। पौडेलले पूँजी बजारमा गैरआवासीय नेपालीलाई लगानी खुल्ला गरिने बताउनुभएको छ ।