किन बढ्दैछ आत्महत्या प्रयास गर्नेको संख्या ? | ईमाउण्टेन समाचार

Our Network

असार १८ २०८१, सोमबार

किन बढ्दैछ आत्महत्या प्रयास गर्नेको संख्या ?

काठमाडौं, ५ जेठ । पछिल्लो समयमा विज्ञान तथा प्रविधिको विकासले निकै फड्को मारेको छ । करोडौं मानिसहरु प्रविधिमा रमाइरहेका छन् । तर विकाससँगै आएको बिनासबारे कसैले ध्यान दिएका छैनन् । दैनिक जसो आम मानिसहरु मृत्युवरण रोजिरहेका छन् ।

बिहीबार रामेछापको मन्थली नगरपालिका १ आकाशे स्थित तामाकोशी नदिको पक्कीपुलबाट हामफाली आत्महत्याको प्रयास गरे । मर्न तयार भएका ती युवालाई जेठ ४ गते सशस्त्र प्रहरीले जीवितै उद्धार गरेको हो ।  सोही नगरपालिका ७ वडारे बस्ने २५ बर्षिय हर्कमान माझि नदिमा पुलबाट हाम फालेको देख्नासाथै सशस्त्र प्रहरी बल नेपाल आश्रीत गुल्म रामेछापबाट सशस्त्र प्रहरी नायव निरीक्षक केदार राज खड्काको कमाण्डको टोलीले नदीबाट बाहिर निकाली निजलाई जिवितै उद्धार गरेको हो । तर उनले किन आत्महत्या गर्न चाहेका हुन् भन्ने बारे कसैलाई जानकारी छैन् ।

उनलाई उपचारको लागि मन्थली अस्पतालमा पठाएको छ । आत्महत्या रोक्नको लागि सरकारले आवश्यक कदम समयमै नचाले यसले भयावह रुप लिनसक्ने अनुमान गर्न थालिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);