देउखुरीमा बस दुर्घटना, आमाको मृत्यु, दुइ छोरा घाइते | ईमाउण्टेन समाचार

Our Network

असार १४ २०८१, बिहीबार

देउखुरीमा बस दुर्घटना, आमाको मृत्यु, दुइ छोरा घाइते

काठमाडौं, ५ जेठ । दाङको देउखुरीमा यात्रुबाहक बस दुर्घटना भएको छ । शुक्रबार बिहान २ वटा बस एकापसमा ठोक्किदा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी २३ जना घाइते भएका छन् ।

दुर्घटनामा परेर रोल्पा रुन्टीगढी ९ की शोभा परियारको मृत्यु भएको छ । उनका २ छोरासमेत घाइते भएका छन् ।

लु २ ख ७८५ नम्बरको बस र वीरगन्जबाट दाङको तुलसीपुरतर्फ आउँदै गरेको ना ५ ४८९८ नम्बरको बस लमही ३ मा ठोक्किएको हो ।

घाइतेहरुलाई उपचारका लागि लमही पठाइएको प्रहरीले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);