१६ वर्षीया चिनियाँ युवतीद्वारा सगरमाथाको सफल आरोहण | ईमाउण्टेन समाचार

Our Network

पुष २२ २०८१, सोमबार

१६ वर्षीया चिनियाँ युवतीद्वारा सगरमाथाको सफल आरोहण

काठमाडौं । १६ वर्षीया चिनियाँ युवतीले सगरमाथाको सफल आरोहण गर्नुभएको छ ।

यस वर्षको वसन्त ऋतुको सगरमाथा आरोहणमा १६ वर्षीया चिनियाँ युवती शुई चो युआनले सगरमाथाको सफल आरोहण गर्नुभएको हो । चिनियाँ युवती शुई चो युआनले यही जेठ १ गते सोमवार बिहान ५ः४२ बजे सगरमाथाको चुचुरोको दक्षिणी मोहडाबाट सफल आरोहण गर्नुभएको हो । यसबारेमा बुधवार काठमाडौंमा पत्रकार सम्मेलन गरी जनकारी गराइएको छ । शुई चो युआनले आफ्ना बुबा शुई चियाङ लेईले सन् २००७ मा सगरमाथाको उत्तरी मोहडाबाट सफल आरोहण गर्नुभएको सुनाउँदै त्यहीँबाट आफूले आरोहण गर्ने प्रेरणा पाएको बताउनु भयो ।

आरोहणका क्रममा शुरुवातमा मौसम खराबीका कारण चुनौतिको सामना गर्नुपरेको तर आरोहणको दिन भने मौसमले साथ दिएको बताउनु भयो । उहाँले सगरमाथा क्षेत्रमा जलवायु परिवर्तनको असर आफूले सुनेको जस्तै पाएको अनुभव सुनाउनु भयो । उहाँले आरोहणबाट फर्किने क्रममा उपयोग भइसकेका सामान आफूहरुलेसँगै फिर्ता ल्याएको जानकारी समेत गराउनु भयो ।

यस वर्ष सगरमाथा आरोहणको ७० औँ वर्ष पुगेको अवसरमा सबैभन्दा धेरै आरोहीले आरोहणको अनुमति लिएका छन् । यस वर्षको आरोहण शनिवारदेखि शुरु भएको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);