सूचना, प्रविधको विकासमा लगानी बढाउन र बाह्य लगानी भित्र्याउन सरकार प्रतिवद्ध छ : मन्त्री शर्मा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

सूचना, प्रविधको विकासमा लगानी बढाउन र बाह्य लगानी भित्र्याउन सरकार प्रतिवद्ध छ : मन्त्री शर्मा

काठमाडौं, ३ जेठ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले दूरसञ्चार सेवा प्रदायक संस्थाहरुलाई स्वच्छ प्रतिस्पर्धाका साथ काम गर्न निर्देशन दिनु भएको छ । मन्त्री शर्माले दूरसञ्चार क्षेत्रको प्रयोग बढिरहने तर राजस्व घटी रहने बिडम्बनापूर्ण अवस्थाको अन्त्य हुनेगरी यसका सेवा प्रदायक संस्थाहरुलाई काम गर्न सचेत गराउनु भएको हो ।

विश्व दूरसञ्चार तथा सूचना समाज दिवसको अवसर पारेर बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले लक्ष्य निर्धारण गर्न र सोही अनुसारको कार्यक्रम बनाएर अघि बढन पनि सो क्षेत्रका निकायहरु लाग्नुपर्ने आवश्यक्ता समेत औंल्याउनु भयो । मन्त्री शर्माले दूर सञ्चार क्षेत्रमा देखिएका समस्याहरुको समाधानका लागि सम्बन्धित निकायहरुबीच व्यापक छलफल गरेर अघि बढनुपर्ने बताउनु भयो । उहाँले नेपाल दूरसञ्चार प्राधिकरणलाई नियमक निकायको रुपमा रहेर आफ्नो काममा ध्यान दिन पनि सचेत गराउनु भयो । मन्त्री शर्माले सूचना, प्रविधको विकासमा लगानी बढाउन र बाह्य लगानी भित्र्याउन नेपाल सरकार प्रतिवद्ध रहेको बताउनु भयो । उहाँले भन्नु भयो, ‘प्रविधिको क्षेत्रको बढदो प्रयोग, घटदो राजस्व । यहाँनिरको कन्ट्राडिशन कहाँनिरको हो ? यहाँको समस्या कहाँको हो ? यसलाई व्यापक रुपमा छलफल गरेर यसका निम्ति गर्नुपर्ने आवश्यक सहकार्य गरौं । सबैले आपसमा सहयोग गरौं । तैले गरिनस, मैले मात्रै गरेँ भन्ने कुरा पनि नराखौं । हाम्रा जति पनि सरकारी निकायहरु छौं, ती सबै निकायहरुले आ–आफ्नो काममा विशेष केन्द्रित बनौं । म फेरी पनि दोहो¥याएर के आग्रह गर्न चाहन्छु भने हामी जब लक्ष्य निर्धारण गर्दैनौं, त्यो लक्ष्यमा पुग्ने कार्यक्रम निर्धारण गर्दैनौं, त्यसपछि भैपरी आउने काम मात्रै ग¥यौ भने लक्ष्यमा पुग्न कहिल्यै पनि सकिदैन । त्यसैले हाम्रो, मासिक, अर्धवार्षिक, वार्षिक, दुइ वार्षिक यस्ता खालको लक्ष्यहरु निर्धारण गरौं । र, त्यो लक्ष्यमा पुग्नका निम्ति आवश्यक काम, आवश्यक क्रियाकलाप, आवश्यक नीति, कानुन कसरी बनाउने भन्ने विषयमा पनि विशेष ध्यान दिऊ । त्यसमा नियामक निकाय भएको नाताले दूरसंचार प्राधिकरणसँग पनि आग्रह गर्न चाहन्छु–त्यो लक्ष्यमा पुग्न निम्ति यहाँहरुले नियमित फलो गरिदिनुस । र, सेवा प्रदायक संस्थाहरुको बीचमा स्वच्छ प्रतिस्पर्धाका लागि अघि बढाउने कोशिस गरौं । त्यसका लागि आवश्यक व्यवस्था मिलाउन नेपाल सरकार तयार छ भन्ने कुरा पनि राख्न चाहन्छु । हामीले सूचना प्रविधिको क्षेत्रलाई अत्यावश्यकीय क्षेत्रको रुपमा राखिएको छ । र, अहिले हामी नीति, कार्यक्रम र बजेट बनाउने पूर्वतयारी पनि छौं । त्यसकारणले यो क्षेत्रमा लगानी गर्ने कुरा, यो क्षेत्रमा लगानी बढाउने कुरा, बाह्य लगानीकर्ताहरुलाई यसमा आकर्षण गराउने कुरा हामी लाग्न सक्यौ भने यो क्षेत्रमा गरिने लगानीले घाटा हुँदैन, फाईदा नै हुन्छ । र, यो फाईदाले राज्यलाई राम्रोसँग अगाडि बढाउन सक्छौं ।’

मन्त्री शर्माले दूरसञ्चार सेवालाई सस्तो, गुणस्तरीय र सबैको पहुँचमा पु¥याउने काममा विशेष ध्यान दिन पनि सम्बन्धित निकाय लाग्नुपर्ने बताउनु भयो । उहाँले नेपाल टेलिकमले भारत, चीनलगायतका छिमेकी मुलुकहरुबाट सिकेर पनि यस क्षेत्रको विकासमा काम गर्नुपर्ने स्पष्ट पार्नु भयो । मन्त्री शर्माले भन्नु भयो, ‘हामीले खास गरेर सस्तो र गुणस्तरीय कसरी बनाउने, यसलाई सबैको सर्वशुलभ पहुँचमा कसरी पु¥याउने ? भन्ने विषयलाई विशेष ध्यान दिन जरुरी छ भन्ने मलाई लाग्दछ । हाम्रो टेलिकम सेक्टरले राज्यलाई यसको रेभिन्यूमा, यो क्षेत्रको विस्तार हुँदै जाने र तर रेभिन्यू घटदै जाने हो भने ती समस्यालाई कसरी हल गर्न सकिन्छ भन्ने विषयमा पनि विशेष ध्यान दिन जरुरी छ । हामी अन्तराष्ट्रिय मार्केटमा कसरी गईराखेका छौं ? टाढा जानु पनि पर्दैन । हाम्रो छिमेकी राष्ट्रभारत, हाम्रो छिमेकी राष्ट्र चीनलगायतका देशहरुमा यो क्षेत्रमा कसरी विकास गरिरहेका छन, कसरी अगाडि बढिरहेका छन ? आउने कति वर्षमा हामीले हाम्रो रेभिन्यूको दरलाई उच्च बनाउन सक्छौं ? यसका लागि आवश्यक व्यवस्थापकीय, प्राविधिक कानुनी अडचनलाई कसरी फुकाउँछौं ? भन्ने कुरा सांगोपांगो टार्गेट फिक्स गर्नुपर्छ भन्ने मलाई लाग्दछ । एउटा सिमकार्डबाट कति आम्दानी गर्छ अन्य देशमा भन्ने कुरा र हाम्रोमा कति आम्दानी छ भन्ने कुराको विश्लेषण गर्दै अन्तराष्ट्रिय स्तरको लक्ष्य हासिल गर्नका लागि के गर्नु पर्छ ? हाम्रो नियामक निकायले कति ध्यान दिने गरेको छ । त्यसमा आन्तरिक छलफलको पनि आवश्यक्ता मैले देखेको छु ।’

सो अवसरमा मन्त्री शर्माले सूचना र प्रविधिको क्षेत्रको विकासलाई सरकारले प्राथमिकता दिएको दोहो¥याउनु भयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);