काठमाडौं, ३ जेठ । महोत्तरीको एक दलित बस्तीका २ किशोर र ४ किशोरी बेपत्ता भएका छन् । गौशला नगरपालिका ४ स्थित मुसहर बस्तीका किशोर किशोरी गत जेठ १ गतेदेखि परिवारसँग सम्पर्क बिहिन भएको महोत्तरी प्रहरीले जनाएको छ ।
स्थानीयको अनुसार पूजा सदा, बिमला सदा, संगिता सदा, करण सदा, राजेश सदा र रीता सदा बेपत्ता भएका हुन् । उनीहरु क्रमशः १५,१३,१८,१४,१३ र १७ वर्षका हुन् । मुसहर बस्तीका स्थानीयले छोराछोरी हराएपछि जनप्रतिनिधिहरुलाई खोजीदिन आग्रह गरेका छन् । प्रहरीले वेपत्ता किशोर किशोरीको खोजी कार्य तिव्र बनाएको जनाएको छ ।
नेपाल–भारत सीमाबाट हराएका नेपाली बालबालिका, किशोर किशोरी प्रायः भारतमा भेटिने गर्छन । केही वर्ष अघि पनि किशोरी किशोरीको एक झुण्ड नै बेपत्ता भएको थियो । उनीहरुको भारत पुगेर नेपाल प्रहरीले सकुशल उद्धार गरेको थियो ।