मुद्दा कमजोर पार्न कसले दियो दबाब ? | ईमाउण्टेन समाचार

Our Network

भदौ २३ २०८१, आइतबार

मुद्दा कमजोर पार्न कसले दियो दबाब ?

काठमाडौं, २ जेठ । नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषीलाई कडा कारबाही हुनुपर्ने माग यत्रतत्र उठिरहेको छ । संसद र सडकबाट सो प्रकरणमा निस्पक्ष छानबिन गर्नुपर्ने माग उठेपनि मुद्दा कमजोर बनाउन राजनीतिक दबाब सुरु भएको छ ।

सो प्रकरणममा नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँण बिहीबारदेखि प्रहरीको हिरासतमा छन भने प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी शनिबार पक्राउ परेका छन् । उनी पक्राउ पुर्जी जारी भएको धेरै दिनपछि शनिबार मात्रै काठमाडौंबाट पक्राउ परेका हुन् ।

केही दिन यता प्रमुख ३ दलका शीर्ष नेताहरुले तिव्ररुपले छलफल बढाएका छन् । तीन दलका शीर्ष नेताहरुको छलफललाई राष्ट्रिय स्वतन्त्र पार्टीले मुद्दा कमजोर बनाउन चलखेल सुरु भएको समेत आरोप लगाएको छ । मुद्दा कमजोर पारिए कुनै पनि हालतमा रास्वपा चुप नबस्ने पनि सरकारलाई चेतावनी दिएको छ ।

सो प्रकरणका आरोपितमाथि राज्यविरुद्धको अपराधदेखि मानव बेचविखन तथा ओसारपोसारसहित आधा दर्जन जति कसुर आकर्षित हुने अवस्था रहेको छ। त्यसो त गृहमन्त्री नारायणकाजी श्रेष्ठले यो प्रकरणमा राष्ट्रघात भएको टिप्पणी गर्दै कडा कारबाही हुने गरी मुद्दा अघि बढाउनुपर्ने पक्षमा छन् । उनले यो प्रकरणमा कुनै पनि दबाबले काम नगर्ने र कानुन अनुसार प्रक्रिया अघि बढ्ने उनले बताउँदै आएका छन् । श्रेष्ठले लिएको अडान सफल भएमा गिरेको माओवादी केन्द्रको साख पनि जोगिने देखिएको छ ।
शरणार्थी प्रकरणमा हालसम्म १२ जना पक्राउ परिसकेको छन् भने सोमबार साझ आत्मसर्मपण गरेका कांग्रेस सांसद आङटाङ शेर्पा तारेखमा रिहा भएका छन् । पुर्वगृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राईसहित, गृहसचिलगायत पक्राउ परिसकेका छन् भने बादलका छोरा प्रतिकलाई पक्राउ पुर्जी जारी गरेको छ । सो प्रकरणमा बादलको सलग्नताबारे प्रहरीले छानबिन गरेको छ ।

त्यसैगरी, अख्तियारका प्रमुख प्रेमकुमार राईको सम्लग्नता रहे नरहेको विषयमा पनि अनुसन्धान भइरहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);