काठमाडौं, २ जेठ । नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीको हिरासतमा रहेका पुर्व गृहमन्त्री बालकृष्ण खाँणसँग आज पनि प्रहरीले बयान लिने भएको छ । सोमबार खाँण अस्वस्थ्य भएपछि बयान रोकिएको थियो । अझै बयान बाँकी रहेकाले मंगलबार पनि लिन लागिएको हो ।
प्रहरीको अनुसार सो प्रकरणमा मुछिएपछि खाँणले मोबाइल फरम्याट गरेका थिए, डाटा रिकभर हुनका लागि समय लाग्ने भएकोले बिहीबार पक्राउ परेपनि उनको बयान सोमबारबाट मात्रै सुरु भएको हो ।
सो प्रकरणमा पक्राउ परेका केशव दुलाल र सानु भण्डारीले खाँण गृहमन्त्री भइरहेको समयमा मन्त्रालयमै लगेर १ करोड ४६ लाख रुपैयाँ दिएको बयान दिएपछि खाँण अनुसन्धानका लागि तानिएका थिए ।