भ्रष्टाचारीलाई बचाउन नाटक मञ्चन भयोः सांसद पराजुली | ईमाउण्टेन समाचार

Our Network

फागुन १८ २०८१, आइतबार

भ्रष्टाचारीलाई बचाउन नाटक मञ्चन भयोः सांसद पराजुली

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले आफ्नो पार्टीका नेता अपराधमा मुछिँदा राजनीतिक दलहरुले उसको बचाउ गर्ने गरेका बताउनुभएको छ ।

सोमवार प्रतिनिधि सभाको विशेष समयमा बोल्दै सांसद पराजुलीले पार्टीका नेताहरु अपराधमा मुछिँदा उसलाई बचाउन निकृष्ट नाटक मञ्चन हुने गरेको बताउनुभएको हो ।

उहाँले सुशासनको वाचा गरेर आएका राजनीतिक दलहरुनै भ्रष्टाचारीलाई बचाउन लागि परेका बताउनुभयो । उहाँले जनतालाई भ्रम छर्न र मुद्दालाई विषयान्तर गरी जनतालाई झुक्याउने खेल नगर्न चेतावनी समेत दिनुभयो ।

सांसद पराजुलीले नक्कली भूटानी शरणार्थी प्रकरणमा शंकास्पद उच्च ओहोदाका व्यक्तिहरुलाई पक्राउ गरी अनुसन्धान गर्न अलमल गरिएकोको आशंका व्यक्त गर्नुभयो । उहाँले सो प्रकरणको अनुसन्धानलाई गन्तव्यमा पु¥याउन सरकारलाई आग्रह गर्नुभयो ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);