संसदमा आरजुको गुनाँसो– मेरो चरित्रको बलात्कार भयो (भिडियोसहित) | ईमाउण्टेन समाचार

Our Network

असार २६ २०८१, मंगलबार

संसदमा आरजुको गुनाँसो– मेरो चरित्रको बलात्कार भयो (भिडियोसहित)

काठमाडौं । नेपाली काँग्रेसकी सांसद आरजु राणाले नक्कली भूटानी शरणार्थी प्रकरणमा आफूलाई जोडेर चरित्र हत्या गरिएको बताउनुभएको छ ।

सोमवार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद राणाले नक्कली भूटानी शरणार्थी प्रकरणमा फेक अडियो बनाएर आफ्नो चरित्र हत्या गरिएको बताउनुभएको हो । उहाँले सो अडियो छानबिन गरेर सत्यतथ्य पत्ता लगाउन प्रहरीमा निवेदन दिएको भएपनि हालसम्म छानबिन नभएको भन्दै असन्तुष्टि व्यक्त गर्नुभयो । उहाँले महिलाहरुलाई राजनीतिमा आउँदा अनेकौँ कुरा व्यहोर्नुपर्ने उल्लेख गर्दै यस्तो व्यवहार अन्य महिलाहरुप्रति नगर्न आग्रह पनि गर्नुभयो । सांसद राणाले भूटानी शरणार्थी प्रकरणमा आफ्नो नाम जोडिएको टेपको सत्यतथ्य उजागर गर्न माग गर्नुभयो ।

उहाँले भन्नुभयो – ‘आज म यहाँ उपस्थित भएको त सबैले देखिरहनुभएकै होला । म फिजिकल फर्ममा यहाँ छु । र म यसपटक के पनि भन्न चाहन्छु भने हाम्रो देशमा फेक न्यूज र फेक मिडियाको एउटा पराकाष्ठ पुगिसकेको रहेछ । म त्यति सोसल मिडियामा एक्टिभ छैन । तर यो देख्दाचाहीँ मलाई के लाग्यो भने हाम्रो देशमा हुने फेक मिडियाको कुनै न कुनै किसिमले सरकारको सुपरभिजन हुनुप¥यो । मैले छ दिन अगाडी फेक अडियो मेरो नाम लिएर बनाइएको भूटानी शरणार्थी प्रक्रियामा संलग्न भनेर बनाइएको फेक अडियो मैले फरेन्सिक टेस्टका लागि सिबिआई र साइबर क्राइम सेलमा दिएको थिएँ । दर्ता गर्न पनि मानिएको थिएन । यहाँ साथीहरुले विश्वास गर्नुहुन्न होला । सत्ता पक्षको यत्रो ठुलो नेताको श्रीमति भनेर । ३ घण्टा लाग्यो त्यो दर्ता गराउन । त्यसको जवाफ म गृह मन्त्रालयबाट सिक गर्न चाहन्छु । अलमल किन थियो दर्ता गर्न ? ६ दिन हुँदापनि यो फेक हो कि होइन ? भनेर किन बताउन सकेको छैन ? अरुजस्तै म त झनै आतुर छु, फेक अडियो मेरो मात्रै बनेको होइन । अरु अरुको पनि बनेको छ । तर नाम मेरो मात्रै उच्चारण किन हुन्छ ? म साच्चै भन्ने हो भने एज अ वुमन यो एउटा क्यारेक्ट असानीसेसन होइन । दिस इज अ रेप अफ माइ क्यारेक्टर । र म यो एकदम कडाइका साथ भन्छु महिलालाई राजनीतिमा आउँदाखेरी सबैकुरा हामीले व्यहोर्न सक्नुपर्छ । म व्यहोरिरहेको छु । तर यस्तो किसिमको कदम सबै महिलाप्रति नगरियोस् यो देशमा । यो भन्दा अगाडीपनि धेरै महिलालाई आत्महत्या गर्न फोर्स गरेको छ मिडियाले । सरकारले यो टेपको सत्यतथ्य उजागर गरोस् । र अरु जसको नाम आएको छ को दोषि हो ? को होइन प्रष्टकासाथ आउनुपर्छ ।’

सांसद राणाले देशमा गलत समाचार र फेक मिडियाको पराकाष्ठा पुगिसकेको भन्दै सरकारले अनुगमन गर्नुपर्ने बताउनु भयो ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);