काठमाडौं, १ जेठ । प्रमुख सत्तारुढ दल नेकपा माओवादी केन्द्रका नेताहरु चीन भ्रमणमा जाने भएका छन् ।
उपाध्यक्ष अग्निप्रसाद सापकोटा नेतृत्वको टोली चीन जान लागेको हो ।
आगामी शुक्रबार २० जनाको टोली अनुभव आदान प्रदानका लागि चीन भ्रमणमा जाने स्रोतले जनाएको छ ।




