तमिलनाडुमा नक्कली रक्सी पिएर १० जनाको मृत्यु, कयौं अस्पताल भर्ना | ईमाउण्टेन समाचार

Our Network

असार १३ २०८१, बुधवार

तमिलनाडुमा नक्कली रक्सी पिएर १० जनाको मृत्यु, कयौं अस्पताल भर्ना

एजेन्सी, १ जेठ । तमिलनाडुको विल्लुपुरम र चेंगलपट्टु जिल्लामा नक्कली रक्सी सेवन गर्दा तीन महिलासहित १० जनाको मृत्यु भएको छ । प्रहरी अधिकारीहरुले आइतबार सो जानकारी दिएका हुन् । विल्लुपुरम जिल्लाको मारक्कनम नजिकै एक्कियारकुप्पमका बासिन्दा छ जनाको आइतवार मृत्यु भएको हो । चेङ्गलपट्टु जिल्लाको मदुरन्थागाममा शुक्रबार दुईजना र आइतबार एक जोडीको मृत्यु नक्कली मदिरा सेवनका कारण भएको अधिकारीहरूले बताएका छन्।

दुई दर्जनभन्दा बढीको उपचार भइरहेको उनले बताए । घटनापछि प्रहरी महानिरीक्षक (उत्तर) एन कन्ननले उपयुक्त कारबाही गर्ने आश्वासन दिँदै सबै १० पीडितले इथानोल–मिथानोल पदार्थ मिसाएर मदिरा सेवन गरेको बताए । उनले तमिलनाडुको उत्तरी क्षेत्रमा नक्कली मदिराका कारण मृत्यु हुनेको दुई छुट्टाछुट्टै घटना भएको र अहिलेसम्म प्रहरीले यी दुई घटनाको सम्बन्धको कुनै प्रमाण फेला नपरेको तर पत्ता लगाउन प्रहरीले अनुसन्धान गरिरहेको बताए ।

नक्कली रक्सीको दुई घटना रिपोर्ट गरिएको छ, एउटा चेंगलपट्टु जिल्लामा र अर्को विल्लुपुरम जिल्लामा, पुलिस अधिकारीले भने । मारक्कनम नजिकैको विल्लुपुरम जिल्लाको एक्कियारकुप्पम गाउँमा, ६ जनालाई हिजो बान्ता हुने, आँखामा जलन हुने र चक्कर आउने समस्याका साथ अस्पतालमा भर्ना गरिएको थियो।

आईजी एन कन्ननले जानकारी दिएपछि प्रहरी टोली गाउँ पुगेर बिरामीलाई अस्पतालमा भर्ना गरेको बताए। जसमा चार जनाको मृत्यु भएको छ । जबकि दुई जना सघन उपचार कक्षमा छन् । ३३ जनाको उपचार भइरहेको दैनिक भाष्करले जनाएको छ ।
उनले सम्बन्धित पदाधिकारीलाई पनि अनुशासनात्मक कारबाही अघि बढाइएको बताए । विलुपुरम मारक्कनममा २ इन्स्पेक्टर र २ सब इन्स्पेक्टरलाई निलम्बन गरिएको छ। त्यस्तै चेङ्गलपट्टु घटनामा एक इन्स्पेक्टर र २ जना सई निलम्बनमा परेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);