बादलका छोरा प्रतिकविरुद्ध पक्राउ अनुमति जारी | ईमाउण्टेन समाचार

Our Network

मंसिर १५ २०८१, शनिबार

बादलका छोरा प्रतिकविरुद्ध पक्राउ अनुमति जारी

काठमाडौं, ३१ वैशाख । पूर्वगृहमन्त्री रामबहादुर थापा ‘बादल’ का छोरा प्रतिक थापाविरुद्ध पक्राउ अनुमति जारी भएको छ । शुक्रबार जिल्ला अदालत काठमाडौंले प्रतिकविरुद्ध पक्राउ अनुमति जारी गरेको हो ।

यस अघि पनि जिल्ला अदालत काठमाडौंले थापाविरूद्ध पक्राउ पुर्जी जारी गरेको थियो । नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने भन्दै करौडौं ठगी गरेको प्रकरणमा संलग्न रहेको आशंकामा उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको हो ।

यसअघि पूर्वउपप्रधानमन्त्री तथा नेकपा (एमाले) का सचिव टोपबहादुर रायमाझीविरूद्ध पनि पक्राउ पुर्जी जारी भएको छ । रायमाझली अझै पक्राउ पर्न सकेका छैनन् । रायमाझीका छोरा सन्दीप रायमाझी पक्राउ परिसकेका छन् ।

यसअघि पक्राउ परेका व्यक्तिहरूले बयान दिनेक्रममा टोपबहादुर र सन्दीपको नाम लिएका थिए ।

यहि प्रकरणमा उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डेविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको थियो । तर, पाण्डे प्रहरीमा आफै उपस्थीत भएको थिए । उनीमाथि नक्कली भुटानी शरणार्थी बनाउने भूमिका खेलेको आरोप छ । प्रहरीले बुधवार नै सरकारी वकिलको कार्यालयबाट पक्राउ पूर्जी जारी भएपछि पक्राउ गरेको हो ।

सुरक्षाविज्ञ डा. इन्द्रजीत राई, पूर्वउपप्रधानमन्त्री सुजाता कोइरालाको स्वकीय सचिव रहिसकेका केशव दुलाल पक्राउ परिसकेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);