काठमाडौं, ३१ वैशाख । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएर प्रहरी नियन्त्रणमा रहेका बालकृष्ण खाँणलाई निलम्बन गर्न नेता/कार्यकर्ताको चर्को दबाब पार्टी सभापति शेरबहादुर देउवाले थेगिरहेका छन् । तैपनि खाँणलाई निलम्बन भने गर्न सकेका छैनन् । उनी मौन छन् ।
खाँणको निलम्बन भन्दा पनि आफ्नी श्रीमती आरजु राणामाथि अनुसन्धान हुन नदिन कम्मर कसेर लागेका छन् देउवा । उनले दैनिक ५÷६ पटक प्रहरी अधिकृतहरुलाई फोन गरेर आरजुको बारेमा चासो राखिरहेका छन् । आरजुको नाम कुनै पनि अवस्थामा बाहिर नआउन दबाब दिइरहेको स्रोतले जनाएको छ ।
तर पूर्वगृहमन्त्री खाँण थुनामा भएपनि सोही प्रकरणमा मुछिएकी उनकी पत्नी मन्जु खाँण मोवाइल स्विचअफ गरेर सम्र्पक विहिन भएकी छिन् । पति पक्राउ परेपछि उनी सम्पर्क विहिन भएकी हुन् । मन्जु र आरजुलाई करोडौं रकम दिनुपर्छ भन्ने अडियो प्रहरीले सार्वजनिक गरेको छ । प्रतिनिधि सभा सदस्य मन्जु खाँणको फेसबुक डिएक्टीभ गरिएको छ भने भाइबर, ह्वाट्स्अपमा पनि उनी देखिएकी छैनन् ।
प्रष्ट रुपमा आफ्नो कुरा राख्न सक्ने हैसियत भएकी मन्जु सार्वजनिक प्रतिवाद गर्न छाडेर सम्पर्कविहिन हुँदा उनी दोषी नै हुन की भन्ने पनि आशंका गर्न थालिएको छ ।