काठमाडौं, ३१ वैशाख । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले भ्रष्टाचारी नेताहरु प्रति आक्रोस पोखेका छन् । साहले सामाजिक सञ्जालमार्फत भ्रष्टाचारीहरुलाई बाग्मतीमा चोपल्न समेत आग्रह गरेका छन् ।
सरकारका काम कारवाहीबारे टिप्पणी गर्दै आएका साहले शनिबार साझ भ्रष्टचारीविरुद्ध प्रतिक्रिया दिएका छन् । भ्रष्टाचारविरुद्ध प्रदर्शन नभई सिधै कारवाहीमा जानुपर्नेमा उनले जोड दिएका छन् । उनले लेखेका छन्,‘तपाईहरुले यत्रो भोट दिएर नेता बनाको आन्दोलन गर्नलाई हैन,सिधै कार्बाही गर्नलाई हो, सिधै कार्बाही गर्ने नीति बनाउनलाई हो ।’
उनले लेखेका छन्,‘भ्रस्टाचार बिरुद्धको आन्दोलन ? ?
को नेता हो थाह छ ?
घर कहाँ हो थाह छ ?
सिधै लगेर बागमतीमा चोपाल्नुस ।
यस्तो सडक नाटक धेरै देखी सक्यो हाम्ले ।
पत्याउदिन म चही ।
तपाईँहरुलाई यत्रो भोट दिएर नेता बनाको आन्दोलन गर्नलाई हैन, सिधै कार्बाही गर्नलाई हो, सिधै कार्बाही गर्ने निती बनाउनलाई हो ।’