२०४६ साल पछिका उच्च पदस्थको छानबिन गरि अवैध सम्पती जफत गर्न माग | ईमाउण्टेन समाचार

Our Network

असोज १७ २०८१, बिहीबार

२०४६ साल पछिका उच्च पदस्थको छानबिन गरि अवैध सम्पती जफत गर्न माग

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले उच्च पदस्थ नेता र कर्मचारीहरुको सम्पती छानबिनको माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ ।

शुक्रवार राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन नेतृत्वको टोलीले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेर प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउँदै २०४६ सालपछिका उच्चपदस्थ नेता तथा कर्मचारीहरुको सम्पती छानबिन गर्न माग गरेको हो । त्यस्तै अवैध सम्पती जफतको समेत माग गरिएको छ ।

नक्कली भूटानी शरणार्थी प्रकरणको इमान्दारितापूर्वक छानबिन गर्न पनि राप्रपाले माग गरेको छ । ज्ञापनपत्र बुझाएसँगै सञ्चारकर्मीहरु सँग कुराकानी गर्दै अध्यक्ष लिङदेनले नक्कली भूटानी शरणार्थी प्रकरणका दोषी उम्किनुनहुने र निर्दोष फस्नु नहुने कुरा आफुहरुले राखेको बताउनु भयो । त्यसैगरी विगतमा भएका ठूला–ठूला भ्रष्टाचार काण्डको फाइल खोल्नपनि माग गरिएको उहाँले जानकारी दिनुभयो ।

सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले प्रधानमन्त्री पुष्पकमल दाहालले नक्कली भूटानी शरणार्थी प्रकरणको मुद्दा नेपालको मात्रै नभएर अन्तर्राष्ट्रिय जगतको पनि भएको उल्लेख गर्नुभएको जानकारी दिनुभयो । उहाँले वाइडबडी, एनसेल, फोरजी, ३३ किलो सुन काण्ड र क्यान्टनमेन्ट घोटाला काण्डको समेत छानबिनको माग गरिएको स्पष्ट पार्नुभयो ।

उहाँले राप्रपाले आजै ७७ वटै जिल्ला प्रशासन कार्यालयमार्फत पनि ज्ञानपन पत्र बुझाएर प्रधानमन्त्रीलाई दबाब दिइएको बताउनु भयो ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);