नक्कली शरणार्थी प्रकरणमा सरकारले झारा टार्ने काम गरे कडा आन्दोलन गर्ने चेतावनी | ईमाउण्टेन समाचार

Our Network

भदौ ३१ २०८१, सोमबार

नक्कली शरणार्थी प्रकरणमा सरकारले झारा टार्ने काम गरे कडा आन्दोलन गर्ने चेतावनी

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रचण्ड नेतृत्वको सरकारले झारा टार्ने र दोषी उम्काउने काम गरे कडा आन्दोलन गर्ने विद्यार्थी नेताहरुले चेतावनी दिएका छन् । बिहिबार संवाद डबलीले आयोजाना गरेको कार्यक्रममा पुराना सरकारले जस्तै लेनदेनमा भ्रष्टाचार काण्डहरु सामसुम पार्ने अवस्थाभए सबै एकजुट भएर आन्दोलन् गर्ने बताए ।

प्रतिपक्षदलनेकपा (एमाले) निकट अनेरास्ववियुका अध्यक्ष समिक बडालले नक्कली भुटानी शरणर्थी प्रकरणमा सरकारले देखाएको तदारुकता प्रति धन्यबाद दिदै, दोषी देखिएकाजो कोहीलाई पनि कारवाही गर्नुपर्ने धारणा राखे । अध्यक्ष बडालले यो प्रकरण मत्रै नभएर भ्रष्टाचार लागायत अन्य विभिन्न प्रकरणका फाइलहरु खोल्नु पर्ने बताउँदै भने,“प्रचण्ड सरकारले गरेको राम्राकामको लागि स्यालुट र साथ हुन्छ, तर आग्रह र पूर्वाग्रह राखेर निर्दोषलाई ताने विरुद्धमा आन्दोलन गरिन्छ ।” एमालेका निवर्तमान सचिव टोपबहादुर रायमाझीलाई पार्टीले जोगाउनखोजेको र आफ्नो संगठनले केहीनबोलेको भन्ने आरोप सरासर झुटो भएको बताए । आफ्नो माउ पार्टी पनि भ्रष्टाचार विरोधी भएकोले दोषी जोसुकैलाई पनि सरकारले तान्ने र कारवाही गर्नसक्ने बताउँदै भने,“टोपबहादुर रायमाझीकहाँ हुुनुहुन्छ ?किन भाग्नुभयो, पुलिससँग आत्मसमर्पण गर्नुस, निर्दोष सावित हुनुस, हैन भने अनेरास्ववियुले खोज्न नपरोस ।”

सत्तारुडढ नेकपा (माओवादी केन्द्र) निकट अखिल (क्रान्तिकारी) अध्यक्ष पञ्चा सिंहले आफ्नो पार्टी नेतृत्वको वर्तमान सरकारले भ्रष्टाचार विरुद्ध सुरु गरेको ऐतिहासिक कदम प्रति गौरवान्वित भएको बताईन । अघिल्ला सरकारमा रहेकाहरुले यस्ता सयौं काण्डहरुलाई बार्गेनिङ र राजनीतिक लेनदेनको अस्त्र बनाएको दृष्टान्तहरुलाई तोड्दै यो सरकारले हिम्मतिलो कामको सुरुवात गरेको सिंहले बताईन् । “दिनदहाडै सुनलाई पित्तल बानाउने प्रचलनलाई क्रम भंग गर्ने प्रधानमन्त्री प्रचण्ड नेतृत्व सरकारलाई यहि मञ्चबाट सलाम, तर देशी–विदेशीको दबाब समु झुक्नु भयो भने माओवादी विरासत सकिने छ ।”
नेकपा(एस) निकट अनेराश्ववियूकाअध्यक्ष सुदेश पराजुलीले वर्तमान सरकारले हिम्मतिलो कदम चालेको भन्दै कोही कसैको व्यक्तिगत इन्ट्रेस र दबाबमा नपरी अगाडी बढ्नु पर्ने धारणा राखे । आफूहरु सरकारको पक्षमा सडकबाट दबाब दिइरहेको र त्यसले निरन्तरता पाउने अध्यक्ष पराजुलीले बताए ।

क्रान्तिकारी कम्युनिस्ट पार्टी निकटा अखिल(क्रान्तिकारी) अध्यक्ष हरिकृष्ण गजुरेलले वर्तमान नक्कली भुटानी प्रकरणमा कुनैपनि हालतमा सरकारले खुट्टा कमनाउन नहुने बरु कसैले दबाब दिन्छ भने जनताले सडकबाट साथ दिने बताए । अध्यक्ष गजुरेलले यस प्रकरणलाई टुङ्गोमा पुर्याएर भ्रष्टाचारका अरु फाइल पनिखोल्नु पर्ने धारणा राखे ।

अनेरास्ववियु (क्रान्तिकारी)का अध्यक्ष मिलन राईले सरकारको कदम स्वागत योग्य भएको र यो प्रकरण सफलभए प्रचण्ड जनयुद्ध हाँक्न सफल भए जस्तै वर्तमान सत्ता पनिहाँक्न सफल हुने बताए । जनपक्षिय काममा आफू र आफ्नो संगठनको साथ रहने तर नराम्रा काममा खबर्दारी रहने धारणा राखे ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);