साइबर ब्यूरो जान किन बाध्य भइन आरजु ! | ईमाउण्टेन समाचार

Our Network

पुष ३ २०८१, बुधवार

साइबर ब्यूरो जान किन बाध्य भइन आरजु !

काठमाडौँ, २८ वैशाख । प्रतिनिधि सभा सदस्य डा.आरजु राणा देउवाले बुधबार साइबर ब्यूरोमा निवेदन दिएकी छन् । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा पत्नी राणाले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्नो नाम जोडर आएको ‘फेक अडियो’ बारे छानविन गर्न आग्रह गर्दै निवेदन दिएकी हुन् ।

उनले साइबार व्यूरो भोटाहिटीमा केही सञ्चार माध्यम र सामाजिक सञ्जालमा सार्वजनिक गरिएको उक्त फेक अडियो बदनियत पूर्ण ढंगबाट बदनाम गराउने उद्देश्यले नियोजित रुपमा रेकर्ड गराइएको भन्दै कारबाहीको दायरामा ल्याउनुपर्ने माग गरेकी छिन् ।

उनले आफ्नो निवेदनको बोधार्थमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, संसद सचिवालय, गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयको नाम राखेकी छन् ।

प्रतिनिधिसभा सदस्यसमेत रहेकी आरजुले ब्युरोमा दिएको निवेदन :

मिति : २०८०/०१/२७

श्री प्रमुखज्यू,
नेपाल प्रहरी साईबर व्यूरो भोटाहिटी, काठमाडौं

विषय ः अडियोको बारेमा सत्य तथ्य सार्वजनिक गरी आवस्यक कारबाही सम्बन्धमा ।

विभिन्न संचार माध्यामहरुमा सार्वजनिक गरिएको मेरो कुनै सरोकार र जानकारीनै नभएको नक्कली भूटानी शरणार्थीका सम्वन्धमा मेरो समेत नाम जोडी कुराकानी गरिएको अडियो रेकर्ड कहाँ, कसरी, कसले र के उदेश्यले रेकर्ड गरेका हुन् उक्त अडियोका बारेमा अत्याधुनिक प्रविधि प्रयोग गरी सत्य तथ्य व्यहोरा तत्काल सार्वजनिक गर्दै दोशी माथि कानुन अनुसार कडाभन्दा कडा कारबाही होस् भनी यो निबेदन पेश गरेको छु ।

निवेदकको माग बमोजिम यथासिघ्र कारबाहीका लागि अनुरोध गर्दछु । साथै अडियोको रेकर्ड पनि यसैसाथ पेश गरेको छु ।

डा. आरजु राणा देउवा सदस्य, प्रतिनिधि सभा
तथा केन्द्रीय सदस्य, नेपाली कांग्रेस

बोधार्थ
श्री प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय,
श्री संसद सचिवालय
श्री गृह मन्त्रालय
श्री प्रहरी प्रधान कार्यालय

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);