यस्तो छ देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति | ईमाउण्टेन समाचार

Our Network

असोज १३ २०८१, आइतबार

यस्तो छ देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति

काठमाडौं । नेपाल राष्ट्र बैंकले देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गरेको छ ।

बुधबार राष्ट्र बैंकले आर्थिक वर्ष २०७९–८० को ९ महिनाको तथ्यांकमा आधारित रहेर देशको वर्तमान आर्थिक स्थिति झल्काउने रिपोर्ट सार्वजनिक गरेको हो । सार्वजनिक तथ्याङ्मा चैत महिनामा हालसम्मकै उच्च रेमिट्यान्स रकम भित्रिएको छ । राष्ट्र बैंकका अनुसार सो महिनामा १ खर्ब ९ अर्ब १ करोड रुपैयाँ बराबर रेमिट्यान्स भित्रिएको हो ।

यो रकम विगतका अरु महिनाहरुको तुलनामा सबैभन्दा उच्च हो । त्यसअघि माघमा १ खर्ब ४ अर्ब रुपैयाँ बराबर रेमिट्यान्स भित्रिएको थियो । यो रेमिट्यान्स रकम गत वर्षको सो अवधिको तुलनामा २४.२ प्रतिशतले बढी हो । समीक्षा अवधिमा वैदेशिक रोजगारीमा जानेको संख्या अत्याधिक बढ्दा रेमिट्यान्समा सकारात्मक प्रभाव देखिएको हो । नेपालको शोधनान्तर बचतको स्थिति उकासिंदै गएको छ । तर, प्रत्यक्ष वैदेशिक लगानी ठूलो दरमा घटेको छ ।

चालु आर्थिक वषको चैतसम्म शोधनान्तर स्थिति १ खर्ब ८० अर्ब १७ करोड रुपैयाँले बचतमा रहेको देखिएको छ । अघिल्लो फागुनसम्म यस्तो बचत १ सय ४८ अर्ब रुपैयाँ बराबर थियो भने अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति २ सय ६८ अर्ब २६ करोडले घाटामा थियो । समीक्षा अवधिमा चालु खाता भने ५१ अर्ब ८२ करोड रुपैयाँले घाटामा छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता ५१० अर्ब ५८ करोड रुपैयाँले घाटामा रहेको चालु खाताको घाटा पनि विस्तारै बचततर्फ उन्मुख छ ।

उपभोक्ता मूल्य वृद्धिदर ७.७६ प्रतिशत रहेको नेपाल राष्ट्र बैंकको मासिक तथ्यांकले देखाएको छ । यो राष्ट्र बैंकले चालु आर्थिक वर्षमा तय गरेको वार्षिक लक्ष्यभन्दा बढी हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);