काठमाडौं । पूर्व गृहमन्त्री बालकृष्ण खाँणलाई प्रहरी बृत्त दरबारमार्गको हिरासतमा राखिएको छ।
नक्कली शरणार्थीका नाममा ठगी गरेको आरोपमा पक्राउ परेका खाँणलाई ३ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएपछि उनलाई दरबारमार्ग लगिएको हो ।
खाँणलाई अन्य थुनुवासँग नराखिने भएको छ। खाँणलाई छुट्टै राख्नकै लागि दरबारमार्ग बृत्त लगिएको हो।
यसअघि पक्राउ परेका पूर्वगृहसचिव टेकनारायण पाण्डेलाई पनि सिंहदरबार बृत्तको हिरासतमा राखिएको छ।