स्रोतको सिमितता भएकाले सबैतिर बजेट नछर्ने सरकारको योजना छः अर्थमन्त्री डा.महत | ईमाउण्टेन समाचार

Our Network

असार २० २०८१, बुधवार

स्रोतको सिमितता भएकाले सबैतिर बजेट नछर्ने सरकारको योजना छः अर्थमन्त्री डा.महत

काठमाडौं । अर्थमन्त्री डा.प्रकाशशरण महतले स्रोतको सिमितता भएकाले सबै ठाउँमा बजेट नछर्ने बताउनुभएको छ ।

बुधवार प्रतिनिधिसभाको बैठकमा प्रिबजेटमा सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिँदै अर्थमन्त्री महतले सबै ठाउँमा दिएका छौं भनेर कनिका छरे जस्तो गरी बजेट नछर्ने बताउनुभएको हो । उहाँले आफूलाई बजेट छर्ने दबाब रहेको भएपनि आफूले त्यस्तो नगर्ने संकेत गर्नुभयो । उहाँले एउटा आर्थिक वर्षमा एउटा काम देखिने गरी गर्नुपर्ने बताउनु भयो। उहाँले सरकारसँग स्रोतको सुनिश्चिता रहेकाले स्रोत सुनिश्चिता अनुसार काम गर्नुपर्ने अवस्था रहेको बताउनु भयो। अर्थमन्त्री महतले बजेटमा क्षेत्रगत मात्रै प्राथमिकताका नभएर अब क्षेत्रगत भित्र पनि प्राथमिकता तोक्न आवश्यक रहेको बताउनु भयो। उहाँले जनताका आवश्यकताहरु थुप्रै रहेको बताउनु भयो। उहाँले अहिले सरकारलाई बजेटको चुनौति भनेकै महत्वकांक्षा र आवश्यकताहरु धेरै भएको भन्दै साधन र स्रोतको सिमिततामा बस्नुपर्ने अवस्था रहेको बताउनु भयो। उहाँले थोरै साधन र स्रोतले धेरै आवश्यकता र महत्वकांक्षालाई कसरी पूर्ति गर्ने भन्ने चुनौति सरकारलाई रहेको बताउनु भयो । उहाँले सांसदहरुबाट समेत योजनाहरु माग भइ आउने र बजेट छर्ने दबाब रहेको उल्लेख गर्नुभयो। उहाँले जनताको आवश्यता, बाटो, खानेपानी, शिक्षा स्वास्थ्यको माग गर्नु स्वभाविक भएपनि स्रोतको सिमितता भएकाले सबैतिर बजेट नछर्ने सरकारको योजना रहेको बताउनु भयो।

उहाँले सरकार आगामी बजेटमा जनतामा राज्य प्रतिको भरोसा र भविष् प्रति आशा जगाउनेतर्फ उन्मुख हुनेगरी बजेट ल्याउने प्रतिवद्धता जनाउनु भयो । उहाँले वर्तमान समस्या र चुनौति समाधान गरी राज्यप्रति जनताको भरोसा टुटन नदिन सरकारले गम्भिरताका साथ अग्रसर रहेको बताउनु भयो। उहाँले कसिलो राष्ट्र बैंकको मौद्रिक नीति र अर्कोतर्फ सरकारबाट पुँजीगत खर्च हुन नसक्दा अर्थतन्त्रमा शिथिलता आएको दाबी गर्नुभयो। उहाँले अर्थतन्त्रलाई चलायमान गराउने उपाय खोज्ने बताउनु भयो। उहाँले अर्थतन्त्र चलायमान बनाउन मौद्रिक नीति र वित्त नीतिको तारतम्य एउटै गन्तव्यमा हिँड्नुपर्ने बताउनु भयो। उहाँले राष्ट्र बैंकले मौद्रिक नीतिलाई खुकुलो बनाउनुपर्ने बताउनु भयो । उहाँले पुँजीगत खर्च बढाउन सरकारको स्रोत सिमित रहेको बताउनु भयो। उहाँले राज्य प्रणालीमा समस्या भएकाले लक्ष्य अनुसारको पुँजीगत खर्च नभएको भन्दै अब नौ महिनासम्म सुतेर बस्ने प्रचलनको अन्तय गरिने बताउनु भयो।

अर्थमन्त्री डा.महतले सांसदहरुले संसदमा भनेको जस्तो मुलुकको अर्थतन्त्र धराशायी नभएको बताउनु भयो। उहाँले मुलुकको अर्थतन्त्र तिब्ररुपमा उकालो लाग्नुपर्ने भएपनि तिब्र रुपमा उकालो लाग्न नसकेको बताउनु भयो। उहाँले मुलुकको आर्थिक वृद्धिदर सकारात्मक रहेको दाबी गर्नुभयो। उहाँले सरकारको लक्ष्य अनुसार आर्थिक वृद्धि हुन नसकेको आफूले स्वीकार गरेको बताउनु भयो। उहाँले सामान्यतया विनियोजित बजेटको सिद्धान्त र प्राथमिकता प्रश्तुत गर्दा अर्थतन्त्रमा यी कमजोरीहरु छन् भनेर विगतमा बजेट प्रश्तुत गर्ने प्रचलन नभएको तर आफूले शुरुवात गरेको बताउनु भयो। उहाँले समस्या र चुनौति स्वीकार गरेर अघि बढ्यो भने मात्रै अर्थतन्त्र ठिक ठाउँमा पुग्ने बताउनु भयो । उहाँले ३२ प्रतिशतले राजश्व संकलन बढाउने लक्ष्य लिए पनि त्यो पूरा नभएको बताउनु भयो ।

उहाँले सरकारलाई ऋणको दायित्व बढ्दै गएको बताउनु भयो । उहाँले अर्थतन्त्रमा देखिएका शिथिलता विदेशी मुद्रालाई व्यवस्थापन गर्नुपर्ने अवस्था रहेको बताउनु भयो। उहाँले मुलुक श्रीलंका बन्ने बहस हुँदा त्यसलाई मध्यनजर राखेर मौद्रिक नीति ल्याउँदा र आयातमा प्रतिवन्ध लगाउँदा केही समस्या आएको बताउनु भयो ।

 

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);