अर्घाखाँचीमा आगलागीमा परी घाइते तीन जनाको काठमाडौं ल्याउँदै गर्दा मृत्यु | ईमाउण्टेन समाचार

Our Network

असार २१ २०८१, बिहीबार

अर्घाखाँचीमा आगलागीमा परी घाइते तीन जनाको काठमाडौं ल्याउँदै गर्दा मृत्यु

काठमाडौं, २७ वैशाख । अर्धाखाँचीको भूमिकास्थान नगरपालिकामा आगो निभाउने क्रममा जलेर गम्भीरु घाइते भएका ३ जनाको मृत्यु भएको छ ।

मंगलवार दिउँसो भूमिकास्थान– २ तिरतिरेमा पदम वेल्वासेको घरमा लागेको आगो निभाउने क्रममा ४ जना घाइते भएका मध्ये पीताम्बर वेल्वासे, पदम वेल्वासे र घनश्याम वेल्वासेको मृत्यु भएको हो ।
उपचारको क्रममा मिसन अस्पताल पाल्पाबाट काठमाडौं ल्याइदै गर्दा तीनैजनाको बाटोमै मृत्यु भएको हो । उनीहरुलाई सुरुमा जिल्ला अस्पताल सन्धिखर्कमा उपचारका लागि पुर्याइए पनि त्यहाँ उपचार सम्भव नभए पछि थप का लागि उता रेफर गरिएको थियो ।

घाइते अर्का माधव वेल्वासेको पनि अवस्था गम्भीर रहेको छ । उनको भने कीर्तिपुर अस्पतालमा उपचार भइरहेको छ ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);