नक्कली भुटानी शरणार्थी प्रकरणका संलग्न सबैलाई कडा कारबाही गरियोस : तेजुलाल चौंधरी | ईमाउण्टेन समाचार

Our Network

असार १९ २०८१, मंगलबार

नक्कली भुटानी शरणार्थी प्रकरणका संलग्न सबैलाई कडा कारबाही गरियोस : तेजुलाल चौंधरी

काठमाडौं, २६ वैशाख । प्रतिनिधिसभाका सांसदहरुले नक्कली भुटानी शरणार्थी प्रकरणका संलग्न सबैलाई कडा कारबाही गर्न सरकारसँग माग गर्नुभएको छ । सत्तारुढ प्रमुख घटक नेपाली काँग्रेसका सांसद तेजुलाल चौंधरीले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न गिरोहलाई बचाउन लागि चलखेल भईरहेको आरोप लगाउनु भयो ।

सांसद चौंधरीले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न गिरोहलाई बचाउन लागि चलखेल भईरहेको उल्लेख गर्दै उनीहरुमाथि पनि कडा कारबाही गर्न सरकारसँग माग गर्नु भयो । उहाँले यो प्रकरणको निष्पक्ष छानविन गरी सबै दोषीलाई कारबाहीको दायरामा ल्याउन पनि सरकारलाई दवाव दिनु भयो । सांसद चौंधरीले भन्नु भयो, ‘गृह मन्त्रालय, जसले देशमा शान्ति सुरक्षा राख्दछ । त्यसको अस्तित्व हेर्दाखेरी भुटानी शरणार्थी बनाएर सो प्रकरणको ठूलो काण्ड भएको छ । त्यही मन्त्रालय अन्तरगत ठूल्ठूला काण्ड हुँदाहुँदै यो काण्ड पनि आएको छ । हिजो, आज पत्रपत्रिकामा, सामाजिक सञ्जालहरुमा व्यापक रुपमा सदनदेखि सडकसम्म शरणार्थी अमेरिका पठाउने सन्दर्भमा अगाडि बढिराखेको छ । म के आग्रह गर्न चाहन्छु भने यो ठगी प्रकरणलाई, यो गिरोहलाई बचाउनका लागि जुन किसिमको अहिले चलखेल चलिराखेको छ । त्यसलाई पनि कडाभन्दा कडा कारबाही गर्न माग गर्न चाहन्छु । यसमा यो वा त्यो, यो समय र त्यो समय नभनिकन निष्पक्ष रुपमा छानविन गरियोस् । र, दोषीलाई कारबाही गरियोस् ।’

प्रमुख प्रतिपक्ष नेकपा (एमाले)का सांसद ठाकुरप्रसाद गैरेले सो प्रकरणमा संलग्न सांसदहरु सदनमा बोलिरहेको उल्लेख गर्दै उनीहरुलाई किन पक्राउ नगरिएको भनि सरकारलाई प्रश्न समेत गर्नु भयो । मंगलबार प्रतिनिधिसभा बैठकको शुन्य समयमा बोल्दै उहाँले पक्राउ पूर्जी जारी गरिएका, सो प्रकरणमा आशंका गरिएकाहरुमाथि छिटोभन्दा छिटो छानविन गरी कारबाहीको प्रक्रियामा ल्याउन सरकारलाई सचेत गराउनु भयो । सांसद गैरेले यो प्रकरण जघन्य अपराध, देशद्रोही काम भएकाले दोषीलाई कुनै पनि हालतमा उन्मुक्ति दिन नहुने बताउनु भयो । उहाँले भन्नु भयो, ‘नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर विदेशमा पठाउने र त्यसबापत करोडौं असुल गर्ने, भ्रष्टाचार गर्ने काम जघन्य अपराध हो । यो भ्रष्टाचारजन्य जघन्य अपराध मात्रै नभएर यो राष्ट्रघात हो । देशद्रोही काम हो । त्यसकारणले यस्तो काममा संलग्न मानिसहरुलाई छिटो भन्दा छिटो कारबाहीको प्रक्रियामा ल्याइनु पर्दछ । कारबाही गरिनु पर्दछ । यतिमात्रै होइन । हामीले सुनिरहेका छौं कि विभिन्न समाचार माध्यमहरुमा केही व्यक्तिहरु पक्राउ परेका छन । केही सांसदहरुलाई वारेन्ट गरिएको छ । भागी राख्नु भएको छ । केही सांसद जो नोटिसमा हुनुहुन्छ । उहाँ सदनमै हुनुहुन्छ । सदनमा बोलिराख्नु भएको छ । यो के भएको हो ? म यो सदनमार्फत, सभामुखमार्फत सरकारलाई यो विषयमा जाँचबुझ के भईरहेको छ ? छानवीन के भईरहेको छ ? यसमा संलग्न को हुन ? यसमा सरकारले के गरिरहेको छ ?’

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);