काठमाडौं, २६ वैशाख । राष्ट्रिय सभा सदस्य रमेशजंग रायमाझीले प्रतिनिधि सभा सदस्य टोपबहादुर रायमाझीप्रति भनेका शब्दहरु देशको माननीय हराएका कारण खोजि गरेको रुपमा लिन आग्रह गर्नुभएको छ ।
मंगलवार बसेको राष्ट्रिय सभाको बैठमा समय माग गरी बोल्दै उहाँले यस्तो स्पष्टीकरण दिनुभएको हो ।
उहाँले आफूले वैशाख २४ गतेको बैठकमा बोल्ने क्रममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको झट्केलो छोरोको रुपमा भनेपनि आफ्नै छोरो हो भनिदिएको भए झनै राम्रो हुने रहेछ भन्दै व्यंग्य गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘मैले अस्ति बोल्ने क्रममा देशको माननीय हराएको र सरकारले माननीयलाई खोजिरहेको र बन्धु भएको कारणले धेरै चासो राखेको हो मैले । यो विषयमा उहाँहरुले आफ्नै सन्तान बनाउन हिजो साथीहरुले भन्नुभयो, मैले उहाँहरुको आफ्नै सन्तान हो, झट्केलो होइन भनेको भए खुशी हुनुहुन्थ्यो, त्यसकारण पनि एउटा माननीय सूचना नदिनकन, काठमाडौं आउँदै गरेको माननीय न देश भित्र न देश बाहिर जानकारी नहुँदा खोजि गरेको हो । यसमा उहाँहरुले आपत्ति जनाउनु भयो, यसमा हाम्रै सन्तान हो भनेकोमा धन्यवाद छ ।’ राष्ट्रिय सभा सदस्य रायमाझीले सांसद रायमाझीलाई प्रतिपक्षले आफ्नै छोरो बनाएको बताउनु भयो ।