कक्षा १२ को परीक्षा आजदेखि सुरु | ईमाउण्टेन समाचार

Our Network

असार १६ २०८१, शनिबार

कक्षा १२ को परीक्षा आजदेखि सुरु

काठमाडौं, २६ वैशाख । आजदेखि कक्षा १२ को वार्षिक परीक्षा सुरु हुँदैछ । बिहान ८ बजेदेखि मध्यान्ह १२ बजेसम्म ४ सय ५३ केन्द्रमा परीक्षा सञ्चालन हुनेछ । जेठ ५ गतेसम्म चल्ने परीक्षामा ४ लाख ६७ हजार विद्यार्थीहरुले फारम भरेका छन् ।

सरकारले ल्याएको लेटर ग्रेडिङ निर्देशिका, २०७८ संशोधन गर्दै एनजी (ननग्रेडेड) आएका विषयमा मात्र परीक्षा दिनुपर्ने व्यवस्था गरेपछि देशभरका ५८ हजार विद्यार्थी यसबाट लाभान्वित भएका छन् ।

मन्त्रीस्तरीय बैठकले विद्यार्थीहरुले २ वा सो भन्दा कमल विषयमा एनजी आएको अवस्थामा सोही वर्ष र त्यसभन्दा माथि जति विषयमा एनजी ल्याउँछन् ती विषयमा मात्र ३ वर्षसम्म परीक्षा दिन पाउने निर्णय गरेको हो ।

यो निर्णयपछि २ विषयभन्दा माथि विषयमा एनजी लाग्दा विद्यार्थीहरुलाई कक्षा दोहो¥एर पढ्न झन्झट हुने भएकोले पढाई छाड्ने विद्यार्थीहरुको लागि निकै लाभ हुने देखिएको छ ।

 

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);