घिमिरेले सिंहलाई भने,‘अशिष्ट, अश्लिल, अपमानजनक व्यवहार नगर्नुस | ईमाउण्टेन समाचार

Our Network

असोज १८ २०८१, शुक्रबार

घिमिरेले सिंहलाई भने,‘अशिष्ट, अश्लिल, अपमानजनक व्यवहार नगर्नुस

काठमाडौं, २५ वैशाख । प्रतिनिधि सभा सदस्य डा.अमरेशकुमार सिंहले प्रतिनिधि सभा बैठकमा आफ्नो कपडा खोलेर बिरोध जनाउनुभएको छ । सोमवारको प्रतिनिधि सभा बैठकको शुरुमै बोल्नका लागि हात उठाउनुभएका सांसद सिंहले बोल्न समय पाउनुभएको थिएन । सांसदहरु सिंह र प्रेम सुवालले आकस्मिक समयमा बोल्नुपर्ने माग गर्दै हात उठाएर उठ्नुभएको थियो ।

तर सभामुखले बैठकमा आकस्मिक समय र विशेष समय नरहेको र बैठक नियमित कारबाहीमा जाने भनेसँगै सांसद सिंहले आफ्नो सर्ट र भित्री गन्जी खोलि बिरोध जनाउनुभएको हो । त्यससँगै संसदमा अन्य दलका सांसदहरु समेत बोल्न पाउनुपर्ने माग उठेका थिए । तर सभामुख देवराज घिमिरेले सांसद सिंहलाई अशिष्ट, अश्लिल, अपमानजनक व्यवहार नगर्न अनुरोध गर्नुभयो भने प्रतिनिधि सभा नियमावलीको नियम ३० अनुसार चल्न आग्रह गर्नुभयो । अनुशासित नभए सांसद सिंहमाथि अन्य कारबाही हुने चेतावनी पनि उहाँले दिनुभयो । यससँगै सभामुखले शुन्य समयको कार्यक्रम प्रारम्भ गर्नुभयो । हाल प्रतिनिधि सभा बैठक चलिरहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);