माननिय सकिएको दिनबाट हामी पनि भूटानी शरणार्थी बन्न जाने हो की ? | ईमाउण्टेन समाचार

Our Network

असोज १० २०८१, बिहीबार

माननिय सकिएको दिनबाट हामी पनि भूटानी शरणार्थी बन्न जाने हो की ?

काठमाडौं । राष्ट्रिय सभा सदस्य रमेशजंग रायमाझीले भूटानी शरणार्थी प्रकरणबारे कसैको दबाबमा नपरीकन कारबाहीको प्रक्रिया अघि बढाउन उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग आग्रह गर्नुभएको छ ।

आईतवार बसेको राष्ट्रिय सभाको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले माननिय सकिएको दिनबाट हामी पनि भूटानी शरणार्थी बन्न जाने हो की ? भन्दै व्यंग्य गर्नुभयो । उहाँले पूर्वमाओवादीका नेतालाई नेकपा एमाले अध्यक्षले मायाँ गरेको नभइ सचिवहरु जोगाउन लागेको आशंका आफूलाई लागेको उल्लेख गर्नुभयो ।

उहाँले यस्ता प्रकरणमा जोडिएकाहरुको छानबिन नहुने हो भने समाजले कहिल्यै पनि माफी नदिने बताउनु भयो । उहाँले दोषीमाथि कारबाही हुनसके मात्रै अहिलेको व्यवस्था बच्ने भन्दै दोषीलाई कारबाहीको कठघरामा उभ्याउन सक्नुपर्ने बताउनु भयो ।

सदस्य रायमाझीले दोषीमाथि कानूनअनुसार कारबाही हुनुपर्ने माग गर्नुभयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);