मन्त्री गुरुङले मुलुकी संहीता सम्बन्धी ऐन संशोधन गर्न अध्यादेश पेस गर्दै | ईमाउण्टेन समाचार

Our Network

असार ९ २०८१, शनिबार

मन्त्री गुरुङले मुलुकी संहीता सम्बन्धी ऐन संशोधन गर्न अध्यादेश पेस गर्दै

काठमाडौं, २४ वैशाख । आजबाट बजेट अधिवेशन शुरु हुँदैछ । आज ४ बजेबाट संघीय संसदका दुवै सदनको बैठक बस्न लागेको हो ।

राष्ट्रिय सभाको बैठकमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले अधिवेशन आह्वानसम्बन्धी राष्ट्रपति रामचन्द्र पौडेलबाट प्राप्त पत्रको व्यहोरा जानकारी गराउने, अध्यक्षले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्री नियुक्ति र कार्यभारसम्बन्धी पत्रको व्यहोरा जानकारी गराउने, कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले मुलुकी संहीता सम्बन्धी केही नेपाल ऐनर्ला संशोधन गर्ने अध्यादेश, २०८० सभा समक्ष पेस गर्नुहुने, अर्थमन्त्री डा.प्रकाशशरण महतले आर्थिक वर्ष २०८०/०८१ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा (कर प्रश्ताव बाहेक) सभामा छलफल गरियोस् भन्ने प्रश्ताव प्रश्तुत गर्ने कार्यसूचि रहेको छ ।

त्यस्तै प्रतिनिधि सभामा पनि अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वर्ष २०८०/०८१ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा (कर प्रश्ताव बाहेक) सभामा छलफल गरियोस् भन्ने
प्रश्ताव प्रश्तुत गर्ने,राष्ट्रिय सभाको बैठकमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले अधिवेशन आह्वानसम्बन्धी राष्ट्रपति रामचन्द्र पौडेलबाट प्राप्त पत्रको व्यहोरा जानकारी गराउने, अध्यक्षले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्री नियुक्ति र कार्यभारसम्बन्धी पत्रको व्यहोरा जानकारी गराउने कार्यसूचि रहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);