हेलिकप्टरको पंखा पहाडको भित्तामा ठोक्किएको प्रत्यक्षदर्शीको भनाई, २ जनाको अवस्था चिन्ताजनक | ईमाउण्टेन समाचार

Our Network

असार २२ २०८१, शुक्रबार

हेलिकप्टरको पंखा पहाडको भित्तामा ठोक्किएको प्रत्यक्षदर्शीको भनाई, २ जनाको अवस्था चिन्ताजनक

संखुवासभा । संखुवासभामा भएको हेलिकप्टर दुर्घटनामा दुई पाइलटसहित पाँचजना घाइते भएका छन् ।

संखुवासभाका सहायक प्रमुख जिल्ला अधिकारी मोहन घिमिरेले यसबारे जानकारी दिएका छन् । माथिल्लो अरुण जलविद्युत आयोजनाको पावरको सामान लाँदै गर्दा हेलिकप्टर दुर्घटना भएको घिमिरेले बताए ।

घटनामा घाइतेमध्ये तीनजनालाई काठमाडौं ल्याइएको छ । बाँकी २ जना सामान्य घाइते भएकाले संखुवासभामै उपचार भइरहेको जानकारी प्राप्त भएको छ ।

हेलिकप्टरको पंखा पहाडको भित्तामा ठोक्किएर दुर्घटना भएको प्रत्यक्षदर्शीको भनाई उदृत गर्दै प्रहरीले जनाएको छ । घटनास्थलमा उद्धारमा सेना र प्रहरीको टोली खटिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);