कमिसन बढाउन ग्यास बिक्री ठप्प: उपभोक्तालाई सास्ती | ईमाउण्टेन समाचार

Our Network

चैत २३ २०८२, मंगलबार

कमिसन बढाउन ग्यास बिक्री ठप्प: उपभोक्तालाई सास्ती

विराटनगर २२ पुष – विराटनगरका ग्यास विक्रेता खाना पकाउने (एलपीजी) ग्यास बिक्री ठप्प पारेका छन् । जाडो मौसममा बढी खपत हुने ग्यासको बिक्री ठप्प हुँदा उपभोक्तालाई सास्ती भएको छ ।

विराटनगरका ग्यास विक्रेताले उद्योगले दिने गरेको कमिसन बढाउनुपर्ने माग राख्दै चार दिनयता डिलर बन्द गरेका हुन् । ग्यास बिक्रेता महासंघका केन्द्रीय सदस्य तेजराज श्रेष्ठले भने,” हामीले १५ बर्षदेखि प्रतिसिलिन्डर ३५ रुपैयाँ कमिसनमा व्यवसाय गर्दै आएका छौं । यो अवधिमा यति धेरै महँगी बढिसक्यो तर हामीले पाउँदै आएको सुविधा बढाउन ध्यान दिइएन । माग पुरा नहुन्जेल त्रिक्री खुला नगरिने उनको भनाई छ ।

यो खबर आजको अन्नपूर्ण पोस्टमा प्रकाशित छ ।