काठमाडौं । नवनियुक्त कानून, न्याया तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले आर्थिक पारदर्शितालाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिवद्धता जनाउनुभएको छ ।
बिहीवार मन्त्रालयको जिम्मेवारी सम्हालीसकेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो प्रतिवद्धता जनाउनुभएको हो । उहाँले कुनैपनि योजना अघि बढाउँदा त्यसको लागत किस्ताबन्दीमा के, कति भन्नेकुरा निकालेर मात्रै अघि बढ्ने बताउनु भयो ।
उहाँले आफ्नो पहिलो प्राथमिकता न्याय ढिलो हुन नदिने रहेको बताउनु भयो । उहाँले न्याय चुस्त र दुरुस्त बनाएर अघि बढ्नेकुरा पहिलो प्राथमिकतामा रहेको उल्लेख गर्नुभयो । उहाँले कुनैपनि क्षेत्रमा भएको भ्रष्टाचारमा कसैलाई पनि छुट नहुने स्पष्ट पार्नुभयो ।
कानूनमन्त्री गुरुङले आज नै राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनियताको शपथग्रहण गर्नुभएको थियो ।